2009-11-01 - press release - NHRC२०६६-०७-१५ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20497 अभिलेखालय सि. नं.: NCA-20497

मिति: 2009-11-01
जिल्ला प्रहरी कार्यालय अछाममा एकजना महिला प्रहरी माथि बलात्कार गरिएको भनिएको घटनाको अनुसन्धान प्रतिवेदन, २०६६ कार्तिक १२ गते

पत्रकार सम्मेलनमा वितरण गरिएको सारसङ्क्षेप

१. घटनाको पृष्ठभूमिः

मिति २०६६ असोज ११ गते बेलुका जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत एक जना महिला प्रहरीलाई सोही कार्यालयमा कार्यरत ६ जना प्रहरीहरूले बलात्कार गरेकोे भनी विभिन्न सञ्चारमाध्यममा समाचार आएको र सो विषयमा आयोगको क्षेत्रीय कार्यालय धगढीमा उजुरी समेत दर्ता भएपश्चात् आयोगको क्षेत्रीय कार्यालय धनगढीबाट घटनाका सम्बन्धमा स्थलगत अनुसन्धान अगाडि बढाइएको थियो। अनुसन्धानका क्रममा अनुसन्धान टोलीले पीडित महिला प्रहरी, आरोपित प्रहरीहरू, प्रहरीका उच्चपदस्थ अधिकारीहरू, घटनाका प्रत्यक्षदर्शी र अन्य व्यक्तिहरूसँग बयान तथा जानकारी लिनुका साथै घटनास्थलको निरीक्षण गरी हालसम्म प्राप्त तथ्य प्रमाणहरू संकलन गरेको थियो।

२. अनुसन्धानबाट प्राप्त तथ्य तथा विश्लेषण

आयोगको क्षेत्रीय कार्यालय धनगढीबाट खटिएको टोलीले अनुसन्धानका क्रममा निम्न बमोजिम तथ्य तथा प्रमाणहरू प्राप्त गरेको छः

· मिति २०६६ असोज ११ गते बेलुका जिल्ला प्रहरी कार्यालय, अछाममा कार्यरत प्रहरीहरूले सो कार्यालयको सञ्चार शाखामा मलाई बोलाएर चरेस मिसिएको मासु खुवाई प्रतिकार गर्न नसक्ने अवस्थ्ाामा पुगेपछी प्रहरी सहायक निरीक्षक दानसिंह भण्डारी, प्रहरी हवल्दार वीरेन्द्र बम, प्रहरी हवल्दार करवीर थलाल, प्रहरी हवल्दार वीरादत्त बडु, प्रहरी जवान जगदीश पाण्डे र प्रहरी जवान नरिभान महताराले पालैपालो आफूलाई बलात्कार गरेको, बलात्कारको क्रममा तीघ्रामा हिर्काउने, जिउमा टोक्ने कार्य गरेको, सुरुमा वीरेन्द्र बमले र अन्त्यमा जगदीश पाण्डेले बलात्कार गरेको आफूलाई थाहा छ, बलात्कारको क्रममा आफू अचेत भएकोले बीचमा ककसले के के गरे थाहा पाउन सकिनँ, बलात्कार गरेको केही समय पछि एक जना प्रहरी जवान आई सहारा दिएर आफू बस्ने गरेको बंकरमा पुर्‍याएको, बंकरमा पुगेपछी आफ्नो श्रीमान् टेकेन्द्र शाहलाई मोबाइलमा फोन गरी बोलाएको, श्रीमान् म बस्ने बंकरमा आएपछि बलात्कार गर्ने प्रहरीहरूले थाहा पाई निजहरूले मेरो श्रीमान्लाई समेत नियन्त्रणमा लिई कुटपिट गरेर थुनामा राखी भोलिपल्ट मात्र छाडेको, मलाई अस्पताल जान समेत नदिएको, यस घटनाबाट आफ्नो बेइज्जती हुने डरले सुरुमा कसैलाई नभनेको भए पनि पीडकहरूले जीवनभरी नै आफूलाई यसैगरी दुख दिन सक्ने संभावना देखेर क्षेत्रीय प्रहरी कार्यालय दिपायल पुगी घटनाका सम्बन्धमा उजुरी गरेको, उजुरी गरी सकेपछि पनि केही प्रहरी अधिकृतहरुले आफूलाई चरित्रहीनको आरोप लगाई घटनालाई ढाकछोप गर्न खोजेको, जिल्ला प्रहरी कार्यालयबाट पनि घटनाका प्रमाणहरूलाई कसरी ढाकछोप गर्न सकिन्छ भनी प्रयास गरिएको भन्ने पीडित महिला प्रहरीको उजुरी तथा भनाई रहेको छ। घटना भएको भनिएको स्थानमा निज महिला प्रहरीहरूसँग आफूहरूले मासु खाएको भन्ने आरोपित मध्येका करवीर थलाल, जगदीश पाण्डे र वीरेन्द्र बमको स्वीकारोक्ति पाइयो।

· घटना भएको दिन निज महिला प्रहरीलाई सञ्चार कोठामा भेट्दा आरोपित मध्येका जगदीश पाण्डे र करवीर थलाल दुइ जना त्यहीँ सञ्चार कोठामा रहेका, निज महिला प्रहरी अर्द्धबेहोस अवस्थामा रहेको, निजको पाइन्टको चेनको तलतिर च्यातिएको, पाइन्ट तलतिर झरी भित्री कपडा (कट्टु) समेत देखिएको भन्ने बुझियो।

· पीडितका श्रीमान् टेकेन्द्र शाहलाई आफूहरूले थुनेका कारण आफूहरूलाई फसाउन यो आरोप लगाइएको भनी आरोपितहरूले दावी गरे पनि पीडितका श्रीमान् टेकेन्द्र शाह पीडित महिला प्रहरीको कोठामा आउनु भन्दा पहिले नै निज अर्द्धबेहोस भएको भन्ने बुझिन आयो। अतः टेकेन्द्र शाहलाई थुनेपश्चात् निज महिला प्रहरीले आफनो श्रीमान् वा अन्य कसैसँग मिलेर आरोपितहरूलाई फसाउनको लागि षडयन्त्र गरेको भन्न सक्ने अवस्था देखिँदैन।

· बलात्कार जस्तो अपराध र महिलाको सतित्वसँग जोडिएको संवेदनशील कुरामा एउटा महिलाले निजको श्रीमान्लाई थुनामा राखेकै कारणबाट मात्र यस्तो आरोप लगाएको हो भन्ने जिकिरसँंग सहमत हुन सक्ने अवस्था देखिदैन।

· पीडित महिलाको स्वास्थ्य परिक्षणको प्रतिवेदन अनुसार भेजाइनल स्व्वमा वर्ीय नभेटिए पनि निज महिला प्रहरीको दाहिने गाला, नाक र आँखाको वरिपरी, दुइटै स्तनको बीच, माथिल्लो पेट पछाडि ढाडमा र दाहिने त्रि्रामा खोस्रिएको घाउ, दाहिने पाखुरा र देब्रे घुँडामा निलडाम देखिएको पाइयो। घटनापश्चात् निजले नुहाइधुवाइ गरेको र घटनाको चार दिन पछि मात्र सेती अञ्चल अस्पतालमा निज महिलाको स्वास्थ्य परिक्षण भएको पाइयो। स्वास्थ्य परिक्षणमा भेजाइनल स्व्ाावमा वर्ीय नभेटिएको भए पनि ढीलो स्वास्थ्य परिक्षण गरिएकोले वर्ीय नभेटिएको हुन सक्दछ। निज महिलाको शरीरमा घाऊ चोट कसरी भयो भनी जिम्मेवार अधिकारीहरू कसैले पनि प्रप्ट पार्न नसक्नुले घाऊ चोट सोही बलात्कारको क्रममा भएको वारदातबाट भएको पुष्टि हुन्छ।

· प्रहरीद्वारा गठित अनुसन्धान टोली पनि जिल्ला प्रहरी कार्यालय अछाममा नै कार्यरत प्रहरी कर्मचारी रहेको र निजहरू बलात्कार गरिएको होइन भन्ने पर्ूवानुमानबाट अनुसन्धानमा संलग्न भएको पाइयो। तर्सथ उक्त टोलीबाट गरिएको अनुसन्धान निष्पक्ष हुनसक्ने देखिदैन।

३. नेपाल सरकारलाई आयोगको सिफारिस

यस घटनाका सम्बन्धमा प्राप्त तथ्यहरु र घटनको विश्लेषणका आधारमा राष्ट्रिय मानव अधिकार आयोग नेपाल सरकारलाई निम्न बमोजिम सिफारिस गर्दछः

१. पीडित महिला प्रहरीको बयान, आरोपित पीडकहरूको विवादास्पद भनाई, प्रत्यक्षदर्शीहरु तथा अन्य साक्षीहरुको भनाई र स्वास्थ्य परीक्षण प्रतिवेदन समेतको आधारमा विश्लेषण गर्दा पीडित महिला प्रहरीमाथि बलात्कार भएकोे पर्याप्त आधार देखिन्छ। तर्सथ सो घटनाको अनुसन्धान र अभियोजन निष्पक्ष रुपमा सम्पन्न गरी दोषी उपर फौजदारी अभियोगमा तत्काल मुद्दा दायर गर्नुपर्ने र प्रहरी नियमावली बमोजिम हदैसम्मको विभागीय कारबाही गर्ने।

२. घटनापश्चात् जिम्मेवार जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक छविलाल धमला र प्रहरी निरीक्षक शारदाप्रसाद चौधरीले निज महिलाको चरित्र माथि नै प्रश्न उठाउने र घटनाको अनुसन्धानमा असर पुग्ने गरी विचार व्यक्त गरेका, तत्कालीन अवस्थामा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक शारदाप्रसाद चौधरीले पीडितको गुनासो जिम्मेवार तरिकाबाट नसुनी पदीय दायित्व समेत पूरा नगरेको पाइएकोले निजहरूलाई विभागीय कारवाही गर्नुपर्ने।

३. पीडित महिला प्रहरीउपर विगतमा समेत यौन दर्व्यवहार हुँदै आएको र निज माथि भएकोे बलात्कारको घटना र्सार्वजनिक भइसकेपछि नेपाल प्रहरीका विभिन्न कार्यालयहरूबाट समेत प्रहरी संगठनभित्रै यौन लगायत विभिन्न महिला हिंसाका घटनाहरू घटेका भन्ने जानकारी उच्चप्रहरी अधिकृतहरूबाट नै प्राप्त हुन आएको छ। नागरिक सुरक्षाको लागि स्थापित प्रहरी संगठनभित्र यौन हिंसाको घटना हुनुुले सिङ्गो प्रहरी संगठनप्रति आम जनताको नकारात्मक धारणा विकास हुने र प्रहरी संगठनलाई नै बदनाम गराउने देखिएको छ। अतः भविष्यमा यस प्रकारका घटना हुन नदिन नेपाल प्रहरी भित्र महिला प्रहरीहरूको सुरक्षाको उचित प्रबन्ध गर्न आचारसंहितामा र आवश्यक नीति तर्जुमा गरिनु पर्ने।

४. पीडितलाई पर्न गएको मानसिक, शारिरीक र सामाजिक क्षतिलाई दृष्टिगत गरी परिपूरणको व्यवस्थ्ाा गर्नुका साथै मनोसामाजिक परामर्श प्रदान गरिनु पर्ने।

५‍. प्रहरी संगठनभित्र भएको बलात्कार र यौन हिंसाको विरुद्धमा सशक्त आवाज उठाउने पीडित महिला र पीडितलाई सहयोग गर्ने सबै तहका प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन गर्नुपर्ने।