2008-12-01 - press release - NHRC२०६५-०८-१६ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20458 अभिलेखालय सि. नं.: NCA-20458

मिति: 2008-12-01
राष्ट्रिय मानवअधिकार संस्थाहरूको क्षेत्रीय परामर्श बैठक, २०६५ मङ्सिर १६ गते

राष्ट्रिय मानवअधिकार आयोग नेपाल र सेभ द चिल्ड्रेनको संयुक्त आयोजनामा

राष्ट्रिय मानवअधिकार संस्थाहरूको क्षेत्रीय परामर्श बैठक

२०६५ मङ्सिर १५-१६, काठमाडौं

प्रेस-विज्ञप्ति

काठमाडौं/मङ्सिर १५, राष्ट्रिय मानवअधिकार आयोग र सेभ द चिल्ड्रेनको संयुक्त आयोजनामा राष्ट्रिय मानवअधिकार संस्था, सरकारी पदाधिकारी तथा नागरिक समाजका प्रतिनिधिहरूको दुइदिने सार्क क्षेत्र स्तरीय परामर्श बैठक मानवअधिकार संरक्षण र प्रवर्द्धनका लागि सहकार्य अघि बढाउने सहमतिका साथ आज सम्पन्न भएको छ। बैठकमा बालअधिकारका चुनौतीहरुलाई सामना गर्न राष्ट्रिय मानवअधिकार निकायहरुको संयुक्त प्रयत्न हुनुपर्नेमा जोड दिइएको छ। त्यस्तो प्रयत्नका लागि यस क्षेत्रका मानवअधिकार निकायहरुको नियमित बैठक हुनुपर्ने र सचिव स्तरीय कार्य समूहको गठन गर्न र त्यसको प्रारम्भिक नेतृत्व सम्हाल्न परामर्श बैठकले राष्ट्रिय मानवअधिकार आयोग, नेपाललाई आग्रह गरेको छ।

राष्ट्रिय मानवअधिकार आयोग नेपाल र सेभ द चिल्ड्रेनको संयुक्त प्रयासमा दक्षिण एसियामै पहिलो पटक राष्ट्रिय मानवअधिकार निकायहरूको पहिलो परामर्श बैठक सम्पन्न भएको हो। मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को ६० औं वर्षा अवसरमा आयोजित उक्त बैठकमा द्वन्द्वमा बालबालिकाः दक्षिण एसियाली दृष्टिकोण, शिक्षाको अधिकार र दक्षिण एसियाका चुनौतीहरु, बालअधिकार अनुगमनमा राष्ट्रिय मानवअधिकार आयोगको अनुभव, बालबालिका बेचबिखनमा क्षेत्रीय दृष्टिकोणलगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएका थिए। बालबालिकालाई पूर्ण मानवको रुपमा व्यवहार नगरिएको, सार्कका सबै देशमा कुनै न कुनै किसिमको द्वन्द्व भइरहेकाले त्यसबाट बालबालिकाको नागरिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र सामाजिक अधिकारहरु नराम्ररी प्रभावित भएको, गुणस्तरीय शिक्षामा यस क्षेत्रका बालबालिकाहरुको पहुच ज्यादै न्युन रहेको जस्ता विषयमा बैठकमा गहन छलफल भएको थियो। कार्यशालामा नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तानका मानवअधिकार आयोगका प्रतिनिधिहरु, सेभ द चिल्ड्रेनका विभिन्न देशका प्रतिनिधिहरु, सरकारी निकायका उच्च पदस्थ कर्मचारीहरु, गैरसरकारी संस्था तथा नागरिक समाजका प्रतिनिधिहरु सहभागी थिए।

संयुक्त राष्ट्र संघको बडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणा, १९४८, बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९८९, वेस्यावृत्तिका लागि महिला तथा बालबालिकाको बेचविखन रोक्ने सम्बन्धी सार्क महासन्धि २००२ र दक्षिण एसियामा बालहितलाई पर््रवर्द्धन गर्ने क्षेत्रीय व्यवस्थासम्बन्धी महासन्धि, २००२ मा उल्लिखित बालबालिकाका अधिकारहरु र राज्यको दायित्वलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र्सार्क क्षेत्रका सबै राष्ट्रिय मानवअधिकार संस्थाहरुको महत्वपूर्ण भूमिका हुने कुरालाई स्मरण गर्दै यस दुइ दिने परामर्श बैठकले औंल्याएका मुख्य कुराहरु निम्न छन्

उद्घाटन कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले मानवअधिकारको उल्लङ्घनमा दोषी ठहरिएकालाई कानुन बमोजिम कारबाही गर्न सरकार हिच्किचाउन नहुने बताउनु भयो। उहाले मानवअधिकार निकायहरुको क्षेत्रीय सहकार्यले सार्क देशमा मानवअधिकारको संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। सेभ द चिल्ड्रेनका क्षेत्रीय निर्देशक टुरिड हेर्इबर्गले र्सार्क क्षेत्रका सबैजसो देशमा बालबालिकाको अवस्था ज्यादै जोखिमपूर्ण र दयनीय भएकाले यस क्षेत्रका सबै देशले बालअधिकारसम्बन्धी राष्ट्रसङ्घीय दस्तावेजहरुमा हस्ताक्षर गरेर यथाशीघ्र कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिनुभयो। कार्यक्रममा बोल्दै आयोगका सदस्य गौरी प्रधानले विश्वको एक चौथाइ बालबालिका दक्षिण एसियामा बस्ने भए पनि उनीहरूको समग्र मानवअधिकार अवस्था ज्यादै दयनीय रहेकेा बताउनु भयो। उहाले सार्क क्षेत्रको कूल जनसङ्ख्याको ४० प्रतिशत बालबालिका भए पनि उच्च कुपोषण, अशिक्षा, हरेक वर्षविद्यालय छोड्ने विद्यार्थी सङ्ख्या (खासगरी बालिकाहरू), विद्यालयभित्र र वरपर हिंसात्मक वातावरण, बेचबिखन आदि कारणले गर्दा बालबालिकाहरू दैनिक जीवन र विकासको अवस्था दयनीय भएको बताउनु भयो। करण थापा र कल्पना लामा नामका बालबालिकाले कलात्मक पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।

धन्यवाद