2006-11-19 - press release - NA२०६३-०८-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20346 अभिलेखालय सि. नं.: NCA-20346

अन्तरक्रिया कार्यक्रम सम्पन्न

शिवपुरीस्थित श्री कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भइरहेको सि.सं.१३ कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरु र विभिन्न मिडियाका सञ्चारकर्मीहरुबीच आज मिति २०६३ मंसिर ३ गते जंगी अड्डास्थित श्री त्रिभूवन आर्मी अफिर्सस क्लबमा "सेना र सञ्चार माध्यमबीचको सम्बन्ध" विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । स्टाफ कलेजको नियमित तालिम कार्यक्रम अनुरुप सञ्चालित सो कार्यक्रममा लोकतान्त्रिक पद्धतीमा सेना र सञ्चार माध्यमबीचको जिम्मेवारी, महत्व र भूमिकाबारे सकारात्मक एवं ज्ञानवर्धक छलफल हुनुको साथै नेपाली सेना र मिडियाका व्यक्तित्वहरुले एक आपसमा भएका जिज्ञासाहरु आदान प्रदान गर्ने अवसर पाएका थिए ।
सो कार्यक्रममा सञ्चारकर्मीहरुका तर्फाट नेपाल टेलिभिजनका समाचार प्रमुख श्री राजेन्द्रदेव आचार्य, कान्तिपुर टेलिभिजनका समाचार प्रमुख श्री तीथ कोइराला, गोरखापत्र दैनिकका प्रधान सम्पादक श्री शिवप्रसाद भट्टर्राई, The Rising Nepal प्रधान सम्पादक श्री अजय राणा, The Kathmandu Post का सम्पादक श्री प्रतिक प्रधान, जनआस्था साप्ताहिकका सम्पादक श्री किशोर श्रेष्ठ, समय साप्ताहिकका सम्पादक श्री युवराज घिमिरे तथा नेपाली सेनाका तर्फाट सैनिक कमाण्ड तथा स्टाफ कलेजका कमाण्डान्ट, श्री सैनिक जनसर्म्पर्क निर्देशक लगायत अन्य अधिकृतहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको सिलसिलामा शिक्षार्थीहरुलाई मिडिया हाउसको संगठन, सञ्चालन र प्राविधिक ज्ञान समेत दिलाउने उद्देश्यले मिति २०६३ मंसिर ४ गते विभिन्न मिडिया हाउसको भ्रमण अवलोकन गराउने व्यवस्था समेत मिलाइएको छ र भविष्यमा पनि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरुलाई निरन्तरता दिईने व्यहोरा यसै विज्ञप्ती मार्फ जानकारी गराइन्छ ।

NA HQ
19 November 2006