2006-11-18 - press release - NA२०६३-०८-०२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20345 अभिलेखालय सि. नं.: NCA-20345

प्रतिनिधि सभा राज्य व्यवस्था समिति र शान्ति सचिवालयका पदाधिकारीहरुद्वारा निःशस्त्रीकरण, वि

राज्य व्यवस्था समितिका माननीय अध्यक्ष तथा शान्ति सचिवालयका माननीय संयोजकको नेतृत्वमा उक्त समिति र सचिवालयका माननीय सदस्यहरुले आज मिति २०६३ मंसिर २ गते काभ्रे जिल्लास्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र, पाँचखालमा रक्षा मन्त्रालय र जंगी अड्डाको संयोजकत्वमा नेपाली सेनाले अन्तर्रर्ाट्रय शान्ति स्थापनामा भाग लिने शान्ति सैनिकहरुले सम्पादन गर्दै आइरहेको शान्ति स्थापनाको महत्वपूण् प्रकृयाः निःशस्त्रीकरण, विघटन र पुनः एकिकरण (Disarmament, Demobilization and Reintegration / DDR) सम्बन्धि जानकारी लिनुको साथै सो सम्बन्धि प्रदर्शनको अवलोकन समेत गर्नु भयो ।
सो अवसरमा रक्षासचिव श्री विष्णुदत्त उप्रेतीले स्वागत मन्तव्य दिनु हुँदै संयुक्त राष्ट्र संघद्वारा विश्वका विवादग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ अपनाइएको म्म्च् प्रकृया के हो -, यसको कार्यान्वयन कसरी गरिन्छ - भन्ने सम्बन्धमा संयुक्त राष्ट्र संघले अपनाउदै आइरहेको मापदण्ड अनुसारको म्म्च् प्रकृया वर्तमान पर्रि्रेक्षमा आफ्नै मुलुकमा कसरी गर्न सकिन्छ - भन्ने सर्न्दर्भमा सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्रीज्यूबाट निर्देशन भएअनुरुप शान्ति सचिवालय तथा राज्यव्यवस्था समितिलाई सो सम्बन्धि जानकारी तथा पर््रदर्शनको व्यवस्था मिलाइएको कुरा उल्लेख गर्नु भएको थियो । साथै वहाँले यस प्रकारको कार्यक्रमले सरकार, राजनैतिक पार्टीनागरिक समाज र नेपाली सेनाबीचको सद्भाव, सम्बन्धलाई प्रगाढ गर्न र नीति निर्माण तथा निर्ण्र्ा सहयोग हुने विश्वास समेत व्यक्त गर्नु भयो ।
सोही अवसरमा प्रधानसेनापति महारथी श्री रुकमाङ्गद कटवालले नेपाली सेनाले सन् १९५८ देखिनै अन्तर्रर्ाट्रय शान्ति स्थापनामा सहभागी भएर विश्वका विवादग्रस्त क्षेत्रमा पुर्‍याएको योगदानको संयुक्त राष्ट्र संघ, राष्ट्र संघका सदस्य राष्ट्रहरु, सम्बन्धित द्वन्द्वग्रस्त राष्ट्रका जनता र सहकर्मी अन्य राष्ट्रका शान्ति सैनिकहरुले समेत मुक्तकण्ठले प्रशंसा गर्दै आएको जानकारी गराउनुको साथै नेपाली सेनाको यस कार्यले अन्तर्रााट्रय जगतमा राष्ट्र र राष्ट्रवासीको इज्जत एवं गौरव बढाएको कुरा समेत अवगत गराउनु भएको थियो । साथै वहाँले नेपालको परराष्ट्र नीति तथा नेपाली सेनाको पेशागत दक्षता, योगदान, मिलनसारिता र जस्तोसुकै प्रतिकुल अवस्थामा पनि कार्य सम्पादन गर्न सक्ने क्षमताको कारण नै शान्ति सैनिक तैनाथ गराउनु पर्ने भएमा सबैभन्दा पहिला संयुक्त राष्ट्र संघले नेपाललाई नै अनुरोध गर्ने गरेको दृश्टान्त समेत पेश गर्नु भएको थियो । सोही क्रममा वहाँले वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र, पाँचखाललाई दक्षिण एसियाकै क्षेत्रिय तालिम केन्द्रको रुपमा विकास गर्न सकिएमा अन्तर्रर्ााट्रय जगतमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने हुँदा समितिलाई यसतर्फपहल गर्न अनुरोध गर्नु भएको थियो ।
आज भएको अवलोकन भ्रमणका सम्बन्धमा शान्ति सचिवालयका संयोजक माननीय श्री रामचन्द्र पौडेल तथा प्रतिनिधि सभा, राज्य व्यवस्था समितिका अध्यक्ष माननीय श्री हृदयराम थानीले नेपाली सेनाले म्म्च् सम्बन्धि हासिल गरेको ज्ञान तथा विषेशज्ञताले वहाँहरु प्रभावित हुनु भएको र नेपाली सेनाको यो क्षमताले वर्तमान पर्रि्रेक्षमा भइरहेको शान्ति प्रकृयालाई संस्थागत र चिरस्थायी गर्न ठोस योगदान पुर्‍याउने विश्वास समेत प्रकट गर्नु भयो ।
सो अवसरमा वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रका केन्द्रपति महासेनानी श्री धिरेन गुरुङ्गले म्म्च् प्रकृयाका सम्बन्धमा विस्तृत जानकारी गराउनु भएको थियो । उक्त अवसरमा राज्य व्यवस्था समिति र शान्ति सचिवालयका माननीय सदस्यहरु, संसद सचिवालयका महासचिव श्री र्सूयकिरण गुरुङ्ग लगायत नेपाली सेनाका रथीवृन्द्वहरुको समेत उपस्थिति थियो ।

NA HQ
18 November 2006