2006-11-16 - press release - NHRC२०६३-०७-३० - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20342 अभिलेखालय सि. नं.: NCA-20342

मिति: 2006-11-16

अमेरिकी सहायक विदेश मन्त्री रिचार्ड वाउचर आयोगमा

समाचार विज्ञप्ति

ललितपुर, - दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री रिचार्ड ए. बाउचर आज राष्ट्रिय मानव अधिकारमा आयोगमा आई आयोगका गतिविधि, नेपालको मानव अधिकार अवस्था तथा नेपाल सरकार र ने.क.पा (माओवादी ) बीच अघि बढिरहेको शान्ति वार्ताका विषयमा जानकारी लिनुभयो।

सो अवसरमा उहाँले आयोगले मानव अधिकार संरक्षण र प‍‍बर्द्धनका क्षेत्रमा खेलको भूमिका प्रशंसा गर्दै आयोग थप बलियो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। नेपाल सरकार र ने.क.पा ( माओवादी ) बीच यही कार्तिक २२ गते भएको सहमतिमा समाविष्ट सत्य निरूपण तथा मेलमिलाप आयोगको गठनका सर्न्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको भूमिकाका विषयमा चासो व्यक्त गर्नुभयो।

अमेरिकी विदेश सहायक मन्त्री वाउचरका साथ नेपालस्थित अमेरिकी राजदूत जेम्स एफ. मोरियार्टीकाे पनि उपस्थिति थियो।

ध्रुव नेपाल

निमित्त सचिव