2006-11-10 - press release - NA२०६३-०७-२४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20333 अभिलेखालय सि. नं.: NCA-20333

शान्ति सेना टोली स्वदेश फिर्ता

संयुक्त राष्ट्रसंघको आव्हानमा कंगोमा शान्ति स्थापनार्थ खर्ट्टीइ गएको श्री ६ फिल्ड गुल्म (शान्ति सेना) छैठौं डफ्फाको टोली सफलतापुवक आफ्नो कार्यकाल पुरागरी आज मिति २०६३ कार्तिक २४ गते स्वदेश फिर्ता भयो । उक्त टोलीलाई व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री अमर पन्तले आजै गौचरस्थित व्यारेकमा एक समारोहकाबीच हार्दिक स्वागत गर्नु भयो ।
सह-सेनानी श्री नन्दबहादुर गुरुङ्गको नेतृत्वमा कंगोबाट स्वदेश फर्किएको उक्त टोलीमा अधिकृत-१३, पदिक-२४ तथा अन्य दर्जा-१२६ गरी जम्मा १६३ जना सम्मिलित रहेका छन् । सो समारोहमा नेपाली सेनाका अन्य रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

NA HQ
10 November 2006