2006-11-07 - press release - NA२०६३-०७-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20326 अभिलेखालय सि. नं.: NCA-20326

सर-सफाई तथा मर्मत सुधार कार्यक्रम

नेपाली सेनाद्वारा सामाजिक सुधारका कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा काठमाण्डौ जिल्लाको महाराजगञ्ज तथा ललितपुर जिल्लाको लगनखेल र लेलेस्थित गणहरुबाट देहायमा उल्लेख भएअनुसारका स्थानहरुमा सर-सफाई तथा मर्मत सुधारका कार्यहरु सञ्चालन गर्ने व्यवस्था मिलाइएको व्यहोरा यसै बिज्ञप्ति मार्फ जानकारी गराइएको छ ।
क) मिति २०६३ कार्तिक २२ गतेको ०७०० बजेदेखि ०९०० बजेसम्म बुढानिलकण्ठ मन्दिर परिसरको सर-सफाई ।
ख) मिति २०६३ कार्तिक २५ गते - कान्तिपथ टिकाभैरवदेखि कोटडाँडासम्मको ३ कि.मि. सडक खण्डको सर-सफाई तथा मर्मत सुधार ।
ग) मिति २०६३ मंसिर १ गते - टिकाभैरव मन्दिर परिसरको सर-सफाई ।
घ) मिति २०६३ मंसिर ३ गते - मनकामना मन्दिर परिसर र दलचौकीको सर-सफाई ।
ङ) मिति २०६३ मंसिर ४ गते - बटुक भैरव मन्दिर परिसर, लगनखेलको सर-सफाई ।
उक्त कार्यक्रम सम्बन्धी थप जानकारी आवश्यक परेमा निम्न फोन नम्बरहरुमा सर्म्पर्क राख्न सकिने छः
क) सैनिक जनसर्म्पर्क निर्देशनालय - ४२४६१४०
ख) लगनखेल व्यारेक - ५५४५४४१
ग) लेले व्यारेक - २१२२००१ / २१२२२९२
घ) महाराजगञ्ज व्यारेक - ४४११५५२

NA HQ
07 November 2006