2006-11-07 - press release - INSEC२०६३-०७-२१ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-20325 अभिलेखालय सि. नं.: NCA-20325

प्रेस विज्ञप्ति

०६३ कात्तिक २१ गते

प्रेस विज्ञप्ति

यसै साता हुने भनिएको नेकपा (माओवादी)को आमसभामा सहभागी हुन आउनेलाई गाँस र बासको व्यवस्था गर्न माओवादी कार्यकर्ताहरूले घरघरमा दबाब दिइरहेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षा गराएको छ। दशजनालाई तीन छाक खुवाउनुपर्ने र ४-५ जनाका दरले दुई रात बास दिनुपर्ने उनीहरूको अनुरोधलाई आमजनताले स्वभाविकरूपमा लिन नसकेका कारणले नै यो आम चासोको विषय बनेको छ।

माओवादी केन्द्रीय कमाण्डले यस्ता कार्य रोक्न कार्तिक २१ गते नै आदेश दिइसकेको भनी माओवादी उपत्यका इन्चार्ज वर्षमान पुनको अभिव्यक्ति सार्वजनिक भइसकेको छ। तर, आज दिउँसो पनि माओवादी कार्यकर्ताहरू आफ्नो पार्टीको झण्डासमेत बोकेर त्यस्तो अनुरोध गर्दै हिँडिरहेका छन्। माओवादी कार्यकर्ता किन आफ्नो केन्द्रीय कमान्डको आदेश मानिरहेका छैनन्, यो प्रश्नप्रति माओवादी नेतृत्व संवेदनशील हुनु आवश्यक छ।

कुनै पनि राजनीतिक दलले आफ्ना कार्यकर्ता वा र्समर्थक परिचालन गर्दा आफ्नो सांगठनिक क्षमताको आधारमा व्यवस्थापन गर्नुपर्ने तथ्यलाई हृदयंगम गरी आमनागरिकलाई भार बोकाउने त्यस्ता क्रियाकलाप यथाशीघ्र रोक्न लगाउन नेकपा (माओवादी) को नेतृत्वसँग हामी माग गर्दछौँ।

सुबोधराज प्याकुरेल
अध्यक्ष