2006-11-06 - press release - NA२०६३-०७-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20324 अभिलेखालय सि. नं.: NCA-20324

French भाषा तालिमको प्रथम प्रवचन

आज मिति २०६३ कार्तिक २० गतेबाट सैनिक जनसर्म्पर्क निर्देशनालयको संयोजकत्वमा French राजदूतावास तथा French केन्द्रद्वारा पाँचौं चरणमा सञ्चालन गरिएको French भाषा तालिमको आजै सैनिक जनसर्म्पर्क निर्देशनालयका निर्देशक सहायक रथी श्री अनन्त बहादुर थेबेले जंगी अड्डास्थित त्रिभूवन आर्मी अफिर्सस क्लबमा आयोजित एक कार्यक्रमका बीच प्रथम प्रवचन गर्नु भयो । सो अवसरमा French केन्द्रका सह-निर्देशक श्री प्रविन राणाको समेत उपस्थिती रहेको थियो । उक्त तालिममा नेपाली सेनाका २३ जना शिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको छ । साथै यसअघि चार चरणमा सम्पन्न भएको उक्त तालिममा नेपाली सेनाका ७९ जना अधिकृतहरुले सफलतापूवक तालिम सम्पन्न गरिसकेका छन् ।

NA HQ
06 November 2006