Archive ref no: NCA-20323
सैनिक आचरण विपरित कार्य गर्ने सैनिक व्यक्तिहरु सेवाबाट बर्खास्त
मिति २०६३ असार १४ गते धादिङ्ग जिल्लाको बेनिघाटस्थित सुरक्षा वेशमा डिउटीमा रहेका प्रहरीहरुसँग झै-झगडा एवं कुटपिट गरी सैनिक मर्यादा, आचरण र अनुशासन विपरितको कार्य गरेको अभियोगमा छानविन गर्न गठित समरी जनरल सैनिक अदालतले उक्त घटनामा दोषी ठहरिएका गजुरीस्थित गुल्ममा कार्यरत देहायका सैनिक व्यक्तिहरुलाई निम्न अनुसारको सजाय तोकेको छः
क) जमदार मदनसिंह ऐरीलाई ५ महिना कैद गर्ने र भविष्यमा सरकारी सेवाको लागि अयोग्य (न) नठहरिने गरी सेवाबाट बर्खास्त ।
ख) हुद्दा भोज बहादुर गुरुङ्गलाई ४ महिना कैद गर्ने र भविष्यमा सरकारी सेवाको लागि अयोग्य (न) नठहरिने गरी सेवाबाट बर्खास्त ।
NA HQ
06 November 2006