2006-11-02 - press release - NA२०६३-०७-१६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20319 अभिलेखालय सि. नं.: NCA-20319

महाविद्यालय समुद्घाटन

हिजो मिति २०६३ कार्तिक १५ गते श्री मध्यपश्चिम पृतनाका पृतनापति उपरथी श्री छत्रमानसिंह गुरुङ्गले सुर्खेत जिल्लास्थित श्री ज्ञानेन्द्र सैनिक मध्यपश्चिमाञ्चल आवासीय महाविद्यालयको एक कार्यक्रमका बीच समुद्घाटन गर्नुभयो । साथै उक्त महाविद्यालयको निर्माण कार्य मिति २०६२ फागुन १४ गतेबाट प्रारम्भ गरिएको थियो । सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित वीरेन्द्र सैनिक आवासीय महाविद्यालय, सल्लाघारी भक्तपुर, ज्ञानेन्द्र सैनिक आवासीय महाविद्यालय, पोखरा, ज्ञानेन्द्र सैनिक आवासीय महाविद्यालय, धरान पछि स्थापित यो महाविद्यालय चौँथो हो । ३यी विद्यालयहरुको अतिरिक्त सैनिक श्रीमती संघ -नेपाली सेना) द्वारा काठमाण्डौको विजेश्वरीस्थित विजेश्वरी ज्ञान मन्दिर मा.वि.तथा बाँसवारीस्थित रिपुमर्दिनी प्रा.वि.मा समेत बहालवाला तथा भूतपूव सैनिकका छोराछोरीहरुको लागि विद्यालयहरु सञ्चालन भइरहेका छन् ।

NA HQ
02 November 2006