2006-10-26 - press release - NA२०६३-०७-०९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20307 अभिलेखालय सि. नं.: NCA-20307

काठमाण्डौको बसुन्धरा इलाकामा भएको घटना सम्बन्धी थप विवरण

मिति २०६३ कार्तिक ७ गते काठमाण्डौ जिल्लाको बसुन्धरा इलाकामा युद्धभैरव गणमा कार्यरत हुद्दा राम बहादुर बि.क.तथा निजको गैर सैनिक साथी नवराज देवकोटाको कुटपिटबाट घाइते भएका बुद्ध बहादुर प्याकुरेल उपचारको लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएकोमा निज उपचार पछि हिजो मिति २०६३ कार्तिक ८ गते विहान घर फर्किएका छन् । साथै उक्त घटनामा संलग्न सैनिक व्यक्तिलाई सैनिक हिरासतमा लिई आवश्यक छानविन कार्य भइरहेको तथा प्रहरी हिरासतमा राखिएका नवराज देवकोटालाई पीडित प्याकुरेलको लागि आवश्यक पर्ने सम्पर्ूण्ा उपचार खर्च निजबाट व्यहोर्ने गरी हिजै थुनामुक्त गरिएको बुझिन आएको छ ।

NA HQ
26 October 2006