2006-10-24 - press release - NA२०६३-०७-०७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20305 अभिलेखालय सि. नं.: NCA-20305

सैनिक मर्यादा र अनुशासन विपरित कार्य गर्ने सैनिक व्यक्तिहरु उपर छानविन

हिजो मिति २०६३ कार्तिक ६ गते बेलुका बर्दिया जिल्लाको पूवचिसापानीस्थित गणमा कार्यरत ५ (पँच) जना सैनिक व्यक्तिहरु विनार् इजाजत व्यारेक छाडी भागेर गई बाँके जिल्लाको कण्ठीपुरमा स्थानीय व्यक्तिहरुसँग झै-झगडा गर्दा २ (दुइ) जना सिपाही सख्त घाइते भएको हुँदा निजहरुलाई भेरी अञ्चल अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि काठमाण्डौ ल्याउने व्यवस्था भइरहेको छ ।
यसरी सैनिक मर्यादा र अनुशासन विपरित विनार् इजाजत व्यारेक छाडी भागेर गई झै-झगडामा संलग्न हुने सैनिक व्यक्तिहरु उपर आवश्यक छानवीन सुरु भई सकेको र उक्त घटनाका दोषीहरुलाई यथास्रिर कडा भन्दा कडा कारवाही गरिने छ ।

NA HQ
24 October 2006