2006-10-23 - press release - NA२०६३-०७-०६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20303 अभिलेखालय सि. नं.: NCA-20303

प्रधान सेनापतिबाट सेनाका विभिन्न व्यारेक तथा सुरक्षा वेशहरुको भ्रमण

देश र जनताको सुख, शान्ति र सुरक्षाको खातिर देशका विभिन्न स्थानमा तैनाथ रही दीपावलीको अवसरमा आफ्नो घर जान नपाएका नेपाली सेनाका जवानहरुसँग भेटघाट गर्ने, दुःख सुख बँाड्ने तथा दीपावलीको शुभकामना आदान प्रदान गर्ने उद्देश्यले मिति २०६३ साल कार्तिक ५ र ६ गते प्रधान सेनापति महारथी श्री रुकमाङ्गद कटवालले पूवाञ्चलको मोरङ्ग, झापा, इलाम, पाँचथर, भोजपुर, ताप्लेजुङ्ग, संखुवासभा, तेह्रथुम तथा सुनसरी जिल्लाका सैनिक व्यारेक एवं दुगम स्थानमा अवस्थित सुरक्षा वेशहरुको समेत भ्रमण गर्नु भई आज बेलुकी काठमाण्डौ फिर्ता हुनु भयो । सो भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री कटवालले त्यहाँ तैनाथ नेपाली सेनाका सकल दर्जाहरुसँग भेटघाट गर्नुको अतिरिक्त सकल दर्जाहरुलाई दीपावलीको शुभकामना व्यक्त गर्नुभयो । सोही क्रममा वहाँले सकल दर्जाहरुलाई सम्बोधन गर्नु हुँदै नेपाली जनता सरह नेपाली सेना पनि शान्तिको पक्षमा रहेको हुँदा देशमा शान्तिको लागि भइरहेको प्रयासलाई व्यवहारिक रुपमा परिणत गर्न नेपाल सरकारको निर्देशन अनुसार सेनाले पनि भरमग्दुर प्रयास गरिरहेको र भविष्यमा पनि गरिरहने छ भन्नु हुँदै सकल नेपाली सेना परिस्थिति र समयानुकूल हिँडन सकेमा मात्र सेनाको मान र प्रतिष्ठा बढ्ने कुरामा जोड दिनु भयो । कार्यव्यस्तताको बाबजुद पनि नेपाली मात्रको महान चाड तिहारको अवसरमा दुगमस्थान बिशेषमा गई विभिन्न सैनिक व्यारेक एवं सुरक्षा वेशमा कार्यरत जवानहरुसँग भेटघाट गरी सुखःदुख तथा शुभकामना आदान प्रदान गर्नु भएकोमा नेपाली सेनाका जवानहरु निकै हषिर्त तथा गौरवान्वित हुनुका साथै राष्ट्र र जनताप्रतिको कर्तव्यपालनामा थप अभ्रि्रेरणा र हौसला मिलेको महसुस गरेका छन् । प्रधान सेनापतिबाट दीपावलीको अवसरमा दुगमस्थानमा गई विभिन्न सैनिक व्यारेक तथा सुरक्षा वेशमा कार्यरत जवानहरुसँग भेटघाट गर्नु भएको यो पहिलो अवसर हो । भ्रमणको क्रमलाई निरन्तरता दिँदै प्रधान सेनापतिबाट भोली मिति २०६३ कार्तिक ७ गतेबाट अधिराज्यका अन्य सैनिक व्यारेक तथा सुरक्षा वेशहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

NA HQ
23 October 2006