Archive ref no: NCA-20297
प्रेस विज्ञप्ति
०६३ कात्तिक १ गते
प्रेस विज्ञप्ति
माओवादीको धम्की र दुर्व्यवहारको भत्सर्ना
सरकार र नेकपा (माओवादी) बीच शीर्ष वार्ता जारी रहेको अवस्थामा ०६३ असोज २९ गते माओवादी कार्यकर्ताले प्रधानमन्त्री निवास बालुवाटार बाहिर पत्रकारमाथि गरेको दुर्व्यवहारप्रति माओवादी नेतृत्वले आत्मआलोचना गरेको घटना सेलाउन नपाउँदै माओवादी कार्यकर्ताले पत्रकार र मानवअधिकारकर्मीलाई धम्की दिनुका साथै दुर्व्यवहार गरेका दुईओटा घटना सार्वजनिक भएका छन्।
माओवादीले असोज ३१ गते इन्सेकका उदयपुर जिल्ला प्रतिनिधि कुशलबाबु बस्नेत लगायतका सञ्चारकर्मी र असोज २९ इन्सेकका काभ्रे जिल्ला प्रतिनिधि भोजराज तिमल्सिनालाई सार्वजनिकरूपमा धम्की दिँदैं दुर्व्यवहार गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षा भएको छ।
माओवादीबाट भएका यस्ता क्रियाकलापले सरकार र माओवादीद्वारा जारी २५ बुँदे युद्धविराम आचारसंहिताको घोर उल्लंघन भएकोमा हामीलाई चिन्तित तुल्याएको छ। तर्सथ, हामी माओवादीबाट भएका शान्ति प्रक्रिया बिथोल्ने यस्ता क्रियाकलापको घोर भत्र्सना गर्दै आगामी दिनमा यस्ता घटना नदोहोर्याउन आह्वान गर्दछौं। साथै, घटनामा संलग्न कार्यकर्तालाई तत्काल कारवाही गरी त्यसको सार्वजनिक जानकारी गराउन समेत माओवादी नेतृत्वसमक्ष आग्रह गर्दछौं।
सुबोधराज प्याकुरेल
अध्यक्ष