2006-10-11 - press release - NHRC२०६३-०६-२५ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20294 अभिलेखालय सि. नं.: NCA-20294

मिति: 2006-10-11
ने.क.पा ( माओवादी ) लाई आग्रह

प्रेस विज्ञप्ति/असोज २४, २०६३

ने.क.पा ( माओवादी ) लाई आग्रह

ने.क.पा ( माओवादी) ले ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ५ बस्ने वीरेन्द्र महर्जन, वडा नं. १५ बस्ने वमप्रसाद लिम्बु र मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं. ४ बस्ने श्यामसिंह भण्डारीलाई यही २०६३ अशोज १७ गते ललितपुरको महर्जन सप्लार्यसबाट कब्जामा लिई परिवार र आफन्त समेतलाई भेटघाट गर्न नदिइएको तथा कब्जामा लिईएका व्यक्तिहरूको अवस्था हालसम्म पनि अज्ञात राखेको पाइएको छ। आयोगले माओवादी पक्षसंग कब्जामा लिईएका सबै व्यक्तिहरुलाई भेट गर्न दिन पटक पटक आग्रह गर्दा पनि भेट गर्न नदिई अवस्था अज्ञात पारिएको कार्यलाई गम्भीर रुपमा लिएको छ।

यसैगरी, ने.क.पा ( माओवादी ) ले नै २०६३ अशोज १७ गते काठमाडौं जिल्ला बौद्ध जोरपाटी नारायणटारबाट १९ वर्षीय विद्यार्थी अरुण सुनुवारसहित चार जनालाई कब्जामा लिएकोमा अन्य तीनलाई छाडेपनि निज सुनुवारको अवस्था हालसम्म अज्ञात राखेको भन्ने प्राप्त उजुरीप्रति पनि आयोगको ध्यानाकर्षण भएको छ।

मुलुकमा विगत पाँच महिनादेखि सरकार र ने.क.पा ( माओवादी ) दुवै पक्षबाट युद्धविराम घोषणा भई दुवै पक्षको सहमतिमा युद्धविराम आचार संहिता जारी भई ऐतिहासिक ढङ्गबाट शान्ति वार्ता अघि बढिरहेको छ। ने.क.पा ( माओवादी ) बाट भएका यस्ता कार्यले अन्तर्िट्रय मानवीय कानून र मानव अधिकारको उल्लंघन त भएको छ नै, त्यसबाट दुवै पक्षको सहमतिमा जारी युद्धविराम आचार सहिंतालाई समेत वेवास्ता गरेको देखिन्छ। आयोग ने.क.पा ( माओवादी ) लाई कब्जामा लिईएका सम्पूर्ण व्यक्तिहरूलाई तत्कालै विना शर्त मुक्त गर्न आग्रह गर्दछ। साथै, मानव अधिकार र अन्तर्रािट्रय मानवीय कानूनको सम्मान तथा पालना गर्न तथा युद्धविराम आँचार संहिता पालना गर्न अनुरोध गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव