2006-09-19 - press release - NHRC२०६३-०६-०३ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20281 अभिलेखालय सि. नं.: NCA-20281

मिति: 2006-09-19
आयोगद्वारा अनुगमन

प्रेस विज्ञप्ति/असोज २, २०६३

आयोगद्वारा अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगले आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन

(क्रान्तिकारी) ले आयोजना गरेको राष्ट्रिय सम्मेलनको सिलसिलामा भएको पदर्शन तथा कार्यक्रम स्थलका साथै काठमाडौ, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयहरुमा गई अनुगमन गरेको छ।

अनुगमनका क्रममा उपत्यकाका अधिकांश विद्यालयहरूमा पठनपाठन सुचारुरूपले हुन नसकेको तथा पदर्शनका क्रममा वालवालिकाहरुको व्यापक रुपमा प्रयोग गरिएको पाइयो। आयोगले यस अघि पनि सम्बन्धित पक्षहरुलाई बालअधिकारको सम्मान गर्न पटक-पटक आग्रह गरिरहेको सर्न्दभमा यस्ता कार्यहरु दोहोरिनुलाई आयोगले गंभीर रुपमा लिएको छ।

विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई यस्ता कार्यक्रमहरुमा प्रयोग गर्दा बालवालिकाहरुमा मनोवैज्ञानिक असर पर्नुका साथै पढाइमा समेत प्रभाव पर्न जाने हुन्छ। अतः वालवालिका र विद्यालय शान्तिक्षेत्र हुन् भन्ने कुरालाई मनन् गरी शैक्षिक संस्थाहरुलाई शान्तिक्षेत्रको रुपमा मान्यता दिन, त्यस्ता संस्थाहरुमा शिक्षामा बाधा पुग्ने र शान्ति भङ्ग हुने क्रियाकलापलाई प्रोत्साहन नगर्न/नगराउन तथा राजनैतिक उद्देश्यले आयोजना गरिएका पदर्शन, सभा आदिमा वालवालिकाहरुलाई प्रयोग नर्गन आयोग सम्बन्धित सबै पक्षसँग पुनः आग्रह गर्दछ।

टीकाराम पोखरेल

उप-सचिव