2006-09-04 - press release - NHRC२०६३-०५-१९ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20269 अभिलेखालय सि. नं.: NCA-20269

मिति: 2006-09-04
आयोगद्वारा अनुगमन

प्रेस विज्ञप्ति/भाद्र १९, २०६३

आयोगद्वारा अनुगमन

ललितपुर। राष्ट्रिय मानव अधिकार आयोगको अधिकृत सम्मिलित टोलीले माओवादी पीडित संघद्वारा सिंहदरवार मूल गेटमा गरेको पदर्शनको अनुगमन गर्‍यो। आयोगको टोलीले पक्राउ गरिएका पदर्शनकारीहरूलाई वडा प्रहरी कार्यालय, नयाँबानेश्वरमा भेटी अवस्थाको बारेमा जानकारी लियो।

यसैगरी आयोगको टोलीले अस्थायी शिक्षकहरूले सिंहदरवार अगाडि भद्रकाली परिसरमा गरेको पदर्शनको समेत अनुगमन गरेको छ। प्रहरीले पदर्शनकारी शिक्षकहरूमाथि लाठी प्रहार गरेको र सो लाठी प्रहारबाट शिक्षकहरू घाइते समेत भएकोमा आयोगको टोलीले ३४ घाइते शिक्षकहरुलाई बीर अस्पतालमा भेटी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको थियो।

शान्तिपूर्ण रुपमा धर्नामा बसेका माओवादी पीडितहरू र जुलुश पदर्शन गरिरहेका शिक्षकहरूमाथि प्रहरी हस्तक्षेप हुनुले शान्तिपूर्ण रुपमा भेला हुने र पदर्शन गर्न पाउने अधिकारको हनन् हुन जाने हुनाले शान्तिपूर्ण पदर्शनमा बल प्रयोग गर्ने र निर्घात कुटपिट गर्ने कार्य तत्काल बन्द गर्न नेपाल सरकारसमक्ष आयोगको आग्रह छ। साथै परर्दशनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षकहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न समेत आयोग आहृवान गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव