2006-09-02 - press release - CPN-M२०६३-०५-१७ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20267 अभिलेखालय सि. नं.: NCA-20267

नेपाल कम्युनिष्ट पार्टी माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस विज्ञप्ति

हालै यही भाद्र ११ गतेदेखि १५ गतेसम्म काभ्रे जिल्लाको कामीडांडा गाउँमा ने.क.पा. (माओवादी) को केन्द्रीय समितिको पर्ूण्ा बैठक अध्यक्ष क.प्रचण्डको अध्यक्षतामा सफलतापर्ूर्ृवक सम्पन्न भयो। जनमुक्ति सेनाको सुरक्षाघेरा तथा स्थानीय पार्टी जनसमुदायको सहयोगमा, झण्डा, तूल र व्यानरद्धारा सजिएको आकर्ष सुनिल स्मृति हलमा सम्पन्न उक्त बैठकका महत्वपर्ूण्ा निर्ण्र्ाारुको सारसंक्षेप र्सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ।

१) हालै भारतीय र नेपाली जेलबाट रिहा भएर पहिलोपटक केन्द्रीय समितिको बैठकमा उपस्थित हुनु भएका कमरेडहरुको विशेष स्वागत गर्दै अध्यक्ष क.प्रचण्डबाट उद्घाटित बैठकले प्रारम्भमा महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन तथा देश, विदेशका तमाम ज्ञात-अज्ञात सहिदहरुप्रति मौनधारणसहित भावपर्ूण्ा श्रद्धाञ्जली अर्पण गर्‍यो।

२) केन्द्रीय समितिको साँढे तीन महिनाअगाडि सम्पन्न गत बैठक यताको प्रगति रिपोर्ट सबै क्षेत्रीय व्यूरो इञ्चार्ज, कमाण्ड इञ्चार्ज र केन्द्रीय कार्यालयका तर्फाट बैठकमा प्रस्तुत गरियो। रिपोर्टको सारमा पार्टीे विचार, राजनीति एवम् रणनीति र कार्यनीतिको प्रभाव आमजनसमुदायमा अत्यन्त सकारात्मक परेको, संगठनात्मक विस्तारको काम तीव्र गतिमा अगाडि बढिरहेको, अत्यन्त सकारात्मक मूल पक्षका साथै कतिपय स्थानमा पार्टीीति विपरीत तल्ला स्तरमा एकाधं घटना घट्न जाँदा प्रतिकृयावादीहरुले 'तिललाई ताड बनाउन' पाएको नकारात्मक पक्ष समेतको संश्लेषण गरी भविष्यमा त्यसप्रकारका एकाधं घटनाहरुसमेत रोक्न जोड गर्ने तथा जनसम्बन्ध सुदृढ गर्दै संगठन विस्तारमा अझ व्यापक पहल लिनुपर्ने निष्कर्षनिकालियो।

३) बैठकमा अध्यक्ष, क.प्रचण्डबाट 'ऐतिहासिक संभावना र ऐतिहासिक चुनौती' शर्ीष्ाकको लिखित राजनैतिक प्रस्ताव प्रस्तुत गरियो। दर्ुइ दिनसम्मको गंभीर छलफलपश्चात् उक्त राजनैतिक प्रस्ताव एकमतद्धारा जोशिला मुठ्ठी उठाएर पारित गरियो।

प्रस्तावमा

-क) दश वर्षो जनयुद्धको जग र १२ बुँदे समझदारीको आडमा सम्पन्न १९ दिने ऐतिहासिक जनआन्दोलन तथा वालुवाटारमा सम्पन्न आठ बुंदे सहमतिको मर्म र भावनाविपरीत सात राजनैतिक दलको सरकार प्रतिगामी तत्वहरु -देशी र विदेशी) संग सांठगांठ गरी पुरानै तरिकाद्वारा चलिरहेकोमा गंभीर आक्रोश र चिन्ता व्यक्त गरिएको छ। सत्ताको कर्ुर्सर्ीी पुगी सकेपछि ने.क.पा. (माओवादी)सँगको सहयात्रा र सहकार्य तोड्ने तथा दरवारीया प्रतिगामी तत्वहरुसंग सहयात्रा र सहकार्य जोड्ने सरकारी रवैयाले जनआन्दोलनको मर्ममाथि भयानक विश्वासघात भइरहेको यथार्थलाई प्रस्तावले सटिक चित्रण गरेको छ। १२ बुंदे र आठ बुंदे सहमतिको ठाडो उल्लंघन गर्दै सरकारले माओवादीको मात्र हतियार व्यवस्थापन गर्ने प्रश्नलाई एकपक्षीय र समग्र राजनैतिक निकासबाट अलग गरेर उत्तेजना फैलाउने ढंगले जसरी प्रचार गरिरहेको छ, त्यसलाई प्रस्तावले जनसमुदायको शान्ति, गणतन्त्र र अग्रगमनको आकाक्षाका विरुद्ध गंभीर षडयन्त्र र कुठाराघातको परिणाम मानेको छ।

-ख) वस्तुगत परिस्थितिको उपरोक्त प्रकारको विश्लेषणका आधारमा प्रस्तावले शान्तिवार्तालाई उपयोग गरेर प्रतिगामी तत्वहरुसंग सांठगांठ बर्ढाई सत्तामा आफ्नो यथास्थितिवादी पकड सुदृढ गर्न खोज्ने सरकारी रवैयाका विरुद्ध खबरदारी गर्दै आम जनसमुदायका तर्फाट व्यापक दबाब अनिवार्य भएको निष्कर्षनिकालेको छ। त्यसअनुसार राजनैतिक प्रस्तावले पहिलो र दोस्रो चरण गरी जनआन्दोलन उठाउने नीति र कार्यक्रमको रुपरेखा प्रस्तुत गरेको छ। यदि सरकारले निर्सत संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक जनआन्दोलनको आदेश विपरीत यसरी नै अगाडि बढिरहेने धृष्टता गरेमा आन्दोलनको अर्को आंँधीबेहरी सृष्टि हुने र ने.क.पा. (माओवादी)ले त्यसको नेतृत्व गर्ने कुरा प्रस्तावमा स्पष्ट गरिएको छ।

-ग) उपरोक्त प्रकारको आन्दोलनका लागि देशका सम्पर्ूण्ा गणतन्त्र, शान्ति र अग्रगमनका पक्षधर राजनैतिक शक्ति, नागरिक समाज, बौद्धिक तप्का, सामाजिक संघ-संस्था समेतको वृहद् गणतान्त्रिक मोर्चा इतिहासको तात्कालिक अनिवार्यता भएको कुरालाई प्रस्तावले विशेष जोड दिएको छ।

-घ) प्रस्तावले समग्र राजनैतिक निकासको प्याकेजमा सहमति नभई हतियार व्यवस्थापन हुन नसक्ने यथार्थलाई स्पष्ट गर्दै पहिले जनआकांक्षा एवम् १२ बुंदे र आठ बुंदे सहमतिको भावनाअनुसार राजनैतिक निकासको प्रश्नमा जोड दिइएको छ। शान्तिवार्ताको मुख्य कार्यसूची राजनैतिक निकासको प्रश्नलाई ओझेलमा पारेर जनमुक्ति सेनालाई अस्थायी शिविरमा समेत केन्द्रित गर्न नहुने र नसकिने निष्कर्षप्रस्तावले निकालेको छ।

४) बैठकले शान्तिवार्ता सफल पार्ने सकारात्मक वातावरणको विकास गर्न, देशका सबै जिल्ला सदरमुकामहरुमा घर-जग्गा फिर्ता र विस्थापितहरुको समस्या समाधान गर्ने प्रक्रियालाई संस्थागतरुपले अगाडि बढाउन कार्यालय खडा गरी द्धन्द पीडित -दुबै पक्ष)का जनसमुदायबाट निवेदनका लागि आग्रह गर्ने निर्ण्र्ाागरेको छ।

५) बैठकले देशका विभिन्न भागमा र मुख्यतः मद्येशको समथर भू-भागमा पार्टीे निर्देशनका बाबजुद अझ पनि नरोकिएको काठको चोरी निकासी र वन फडानीप्रति गंभीर चिन्ता प्रकट गर्दै अर्को सूचना नहुँदासम्म यसै विज्ञप्तिलाई आधार मानी काठ काट्ने कामलाई सम्पर्ूण्ारुपले रोक्का गर्न सबै स्तरका पार्टीमिटी र जनसत्ताहरुलाई विशेष निर्देशन गर्ने निर्ण्र्ााभएको छ।

६) चन्दा संकलन कार्यलाई पर्ूण्ातः स्वेच्छिक तुल्याउन, पार्टीीति विपरीत कतै कुटपिट, अपहरण वा हत्या जस्ता घटना हुन गएमा अविलम्व दोषिमाथि र्सार्वजनिक कार्यवाही गर्ने, युद्धविराम र शान्तिवार्ताको वर्तमान चरणमा अनावश्यक बल प्रयोग हुन नदिन विशेष कर्डाई गर्ने निर्ण्र्ाासमेत केन्द्रीय समितिको बैठकले गरेको छ। एकाध सानातिना घटनालाई देखाएर जनसमुदाय भ्रमित तूल्याई राजनैतिक निकास रोक्ने प्रतिकृयावादी षडयन्त्रलाई निस्तेज पार्न केन्द्रीय समितिले गरेको यो निर्ण्र्ाााई कर्डाईपर्ूवक पालन गर्न गराउन समेत सिंगो पार्टींक्तिलाई विशेष आग्रह गरिन्छ।

७) बैठकले शान्तिवार्तालाई यथाश्रि्र सकारात्मक निष्कर्षा पुर्‍याउन पार्टी तर्फाट सात दलको सरकारमाथि विशेष नैतिक दबाबसमेत दिने उद्देश्यले शिखरवार्ताका लागि अध्यक्ष क.प्रचण्डको नेतृत्वमा क.बाबुराम भट्टर्राई, क.रामबहादुर थापा -बादल), क.कृष्ण बहादुर महरा, क.देव गुरुङ्ग, क.दीननाथ शर्मा, क.पम्फा भुषाल, क.मातृकाप्रसाद यादव, क.नन्दकिशोर पुन -पासाङ्ग) र क.खड्गबहादुर विश्वकर्मा -प्रकाण्ड) समेतको उच्च स्तरीय वार्ता टोली गठन गरिएको छ।

८) जनयुद्ध र जनआन्दोलनका सहिदहरुको सम्मान, उनीहरुका परिवारका लागि राहत, बेपत्ता पारिएकाहरुको स्थिति र्सार्वजनिक गर्ने तथा घाइतेहरुको उपचार र राहतका लागि विशेष नीति र योजनाका साथ अगाडि बढ्ने निर्ण्र्ाागरिएको छ।

९) नेपालका लागि यूक्रेनबाट आएको र भारतमा रोकिएको भनिएको आधुनिक हतियारले भरिएको जहाजका बारेमा बैठकको गंभीर ध्यानाकर्षा भयो। सरकारलाई समेत जानकारी नरहेको भनिने यसप्रकारको हतियार तस्करीभित्र देश र जनताका विरुद्ध साम्राज्यवादी विदेशी शक्ति केन्द्रहरुले गरिरहेको भयानक षडयन्त्र स्पष्ट देखा पर्दछ। कथित नेपाली सेनाका लागि पठाउन लागेको भनिने यो घटनाक्रमले पुरानो सेनाको नियतमाथि त्यत्तिनै भयानक प्रश्न चिन्ह खडा गर्दछ। अतः बैठकले यो संवेदनशिल प्रश्नमा सरकारसंग अविलम्ब सम्पर्ूण्ा तथ्यहरु र्सार्वजनिक गर्न जोडदार आग्रह गर्ने निर्ण्र्ाागरेको छ।

१०) बैठकले पार्टीसेना र सत्तासंग सम्बन्धित आन्तरिक संगठनात्मक संरचना तथा विभिन्न विभाग र मोर्चाबारे कैयौं महत्वपर्ूण्ा निर्ण्र्ाारु लिएको छ।

११) बैठक सञ्चालन भइरहेकै स्थितिमा पश्चिम नेपालमा आएको अविरल वषर्ाका कारण हुन गएको जनधनको क्षत्रि्रति बैठकले गंभीर दुःख प्रकट गर्नुका साथै पीडितहरुको उद्दार र राहतका लागि पहल लिन केन्द्रीय समितिले स्थानीय पार्टीमिटी, जनमुक्ति सेना र जनसत्तालाई तत्काल निर्देशन गर्ने निर्ण्र्ाागर्‍यो।

१२) अन्त्यमा ऐतिहासिक रुपले सफल भएको संश्लेषण गर्दै अध्यक्ष क.प्रचण्डबाट बैठकको समापन गरियो। र बैठक हल क्रान्तिकारी नाराद्धारा गुञ्जयमान भयो।

मिति ः- १७ भाद्र २०६३

प्रचण्ड
अध्यक्ष
ने.क.पा. (माओवादी)