2006-08-01 - press release - NHRC२०६३-०४-१६ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20258 अभिलेखालय सि. नं.: NCA-20258

मिति: 2006-08-01
आयोगद्वारा अनुसन्धान सुरू, २०६३ साउन १६

ललितपुर - सिन्धुपाल्चोक जिल्लाको तातोपानी गा.वि.स.-४ बस्ने तारा तमाङ्गको यही साउन १४ गते सशस्त्र प्रहरीका जवानले चलाएको गोली लागी मुत्यु भएको घटना सम्बन्धमा आयोगले अनुसन्धान शुरू गरेको छ। त्यस क्रममा आयोगका दुई अधिकृत संलग्न टोली आज घटनास्थल प्रस्थान गरेको छ।

यसैगरी आन्तरिक विस्थापित व्यक्तिहरूको अधिकारको स्थितिबारे अनुगमनका लागि आयोगका अधिकृत सम्मिलित एक टोली आजै धादिङ्ग पुगेको छ। सो टोली आन्तरिक विस्थापितको अधिकार अनुगमनका क्रममा जिल्लाका विभिन्न गाउँ विकास समितिहरूमा समेत पुग्नेछ।

विमलबाबु खत्री

सञ्चार अधिकृत