2006-07-28 - press release - CPN-M२०६३-०४-१२ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20252 अभिलेखालय सि. नं.: NCA-20252

नेपाल कम्युनिष्ट पार्टीमाअेावादी)
Comunist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

शान्ति र गणतन्त्रका लागि उर्लिएको ऐतिहासिक जनआन्दोलनको मर्म र भावनाअनुसार संविधानसभामार्फ् शान्तिपर्ूण्ा ढंगले नयां नेपालको निर्माण गर्ने उद्देश्यसहित हाम्रो पार्टी एकपक्षीय रुपमा गरेको तीन महिने युद्धविरामको अवधि आज पूरा हँुदैछ। यहां यो स्मरण गर्नु सान्दर्भिक हुनेछ कि गत साल पार्टी देशमा निरंकुश राजतन्त्रका विरुद्ध नयां राजनैतिक धु्रवीकरण र निकासका लागि आवश्यक पहल लिंदै एकपक्षीय रुपमा तीन महिने युद्धविरामको घोषणा गरेको थियो र सोही अवधिमा सात राजनैतिक दलसंग १२-बूँदे समझदारी कायम भएको थियो। १२-बूँदे समझदारीको महत्व इतिहाससिद्ध भइसकेको छ। पछिल्लो तीन महिने युद्धविरामको अवधिमा शान्ति र परिवर्तनको जनआंकक्षाअनुसार भएको अर्को महत्वपर्ूण्ा उपलब्धि बालुवाटारमा कायम गरिएको आठ-बूँदे सहमति हो। हाम्रो पार्टीे गहिरो विश्वास रहेको छ कि आठ-बूँदे सहमतिलाई दृढता र इमान्दारीतापर्ूवक कार्यान्वयन गरेर मात्र देशलाई शान्ति र परिवर्तनको दिशामा डोर्‍याउन सकिन्छ। देश र जनताको यही आवश्यकताप्रति आफ्नो जिम्मेवारीबोध र प्रतिबद्धतालाई स्पष्ट गर्दै हाम्रो पार्टीयसै वक्तव्यमार्फ् अर्को तीन महिनाका लागि युद्धविराम थप गरिएको घोषणा गर्दछ।

यहां हामी यो कुरा स्पष्ट गनर्ुृ पनि आफ्नो कर्तव्य ठान्दछौं कि आठ-बूंदे सहमति कायम भएपछि त्यसका पक्षमा दृढतापर्ूवक उभिएर अगाडि बढ्नुको सट्टा, सात दलको सरकार र कथित संसद भने विभिन्न कर्ुतर्क र वहानाबाजी गर्दै त्यसबाट पछि हट्न खोज्दैछ। यस सर्न्दर्भमा, अझ गंभीर चिन्ताको विषय यो भइरहेको छ कि उनीहरुको त्यसप्रकारको रवैयाका पछाडि विदेशी शक्ति केन्द्रहरुको दवाव र इसाराले बढी काम गरिरहेको छ। सात दलको सरकारका यसबीचका काम कार्यवाही र 'संसद'मा हुने गरेका अनौठा निर्ण्र्ाार घोषणाहरुको प्रकृति हर्ेदा उनीहरु जनआन्दोलनको मर्म र भावना विपरीत गइरहेको कुरा स्पष्ट देखिन थालेको छ।
हाम्रो पार्टीयस बीचमा आठ-बूंदे सहमति कार्यान्वयनका लागि विभिन्न पक्षसंग गंभीर अन्तरक्रिया गर्दै शान्तिवार्ता सफल पार्न दृढतापर्ूवक अगाडि बढिरहेको छ। तर, सात दलको सरकार भने झनपछि झन जनआन्दोलनका दमनकारीहरुसंग सांठगांठ बढाउने र आन्दोलनको प्रमुख सहयात्री हाम्रो पार्टीति भ्रमको खेती बढाउनेमा जोड गरिरहेको देखापर्नु कम आर्श्चर्यपर्ूण्ा रहेको छैन। आठ-बूंदे सहमति कार्यान्वयन गर्न तथा शान्तिवार्ता सफल पार्न हाम्रो पार्टीेन्द्रले राजधानीमा गरिरहेको अथक प्रयासलाई यदि सरकार र कथित संसदले हाम्रो कमजोरीकारुपमा हेरेर आफ्नो दर्ीघजीवनको 'सपना' देखेको हो भने त्यसबाट छिट्टै व्यंूझनु हितकर हुनेछ। विदेशमा उल्टापाल्टा चिठी लेखेर तथा विदेशका कतिपय उल्टापाल्टा कुरा सुनेर महान् नेपाली जनताको भावना र आकांक्षामा ठेस पुर्‍याउने काम अविलम्ब बन्द गरी सरकारले, आठ-बूंदेको मर्म अनुसार शान्तिवार्ता अगाडि बढाउने तत्परता पर््रदर्शन गरोस् भन्ने हाम्रो जोडदार आग्रह छ। अन्यथा हामी युद्धविरामकै अवधिभित्र शान्तिपर्ूण्ा जनआन्दोलनको अर्को सशक्त कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं।

मिति ः- १२ श्रावण २०६३

प्रचण्ड
अध्यक्ष
ने.क.पा. (माओवादी)