2006-07-26 - press release - NHRC२०६३-०४-१० - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20250 अभिलेखालय सि. नं.: NCA-20250

मिति: 2006-07-26
आयोगद्वारा स्वागत व्यक्त, २०६३ साउन १०

ललितपुर - युद्धअपराध तथा मानवताविरूद्धका अपराधीहरूलाई कारवाहीका लागि अन्तराष्ट्रिय फौजदारी अदालत समक्ष उपस्थित गर्राई दण्डहीनताको अन्त्य गर्ने सन्दर्भमा अत्यन्तै महत्वपूर्ण सावित हुनसक्ने अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई अनुमोदन गर्न प्रतिनिधि सभाले नेपाल सरकारलाई दिएको निर्देशनको आयोग हार्दिक सराहना गर्दछ।

जेनेभा महासन्धिका अतिरिक्त आलेखहरूमा व्यवस्था भएका कतिपय अपराधिक क्रियाकलापहरूलाई समेत उक्त रोम विधानले समेट्ने हुँदा आयोग नेपाल सरकारलाई उक्त विधान यथाशीघ्र अनुमोदन गर्न आग्रह गर्दछ।

नेपाल सरकारबाट विधान अनुमोदन भएमा अन्तराष्ट्रिय फौजदारी अदालतसम्म पुग्ने मार्ग प्रसस्त हुने हुँदा यसबाट दण्डहीनता अन्त्य हुने कुरामा आयोग विश्वस्त रहेको छ।

ध्रुव नेपाल

निमित्त सचिव