2006-07-19 - press release - INSEC२०६३-०४-०३ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-20246 अभिलेखालय सि. नं.: NCA-20246

प्रेस विज्ञप्ति

०६३ साउन ३ गते

प्रेस विज्ञप्ति

पूर्वकमैयाहरूद्वारा विगत केही दिनदेखि राजधानीमा गरिँदै आएको शान्तिपूर्ण धर्ना र घेराउ कार्यक्रमहरूमाथि सरकारी हस्तक्षेप भएको र उनीहरूलाई गिरफ्तार गरिएको घटनाप्रति इन्सेकको ध्यानाकर्षा भएको छ। लोकतान्त्रिक नेपालमासमेत यस्तो हुनु अत्यन्त दुःखद् रहेको हाम्रो ठहर छ।

मुक्तिको छ वर्षपूरा भइसके पनि उनीहरूका समस्याको उचित समाधान नभएकाले पूर्वकमैयाहरू आन्दोलित हुनु स्वाभाविकै हो। विगतका सरकारहरूले उपयुक्त ठोस कदम नचालेका कारण उनीहरूको समस्या नसुल्भिएको तथ्यलाई मनन गरी लोकतान्त्रिक सरकारले उचित पहल गर्नु पर्नेमा उल्टै शान्तिपूर्ण घेराउमा संलग्न मुक्त कमैयाहरूलाई पक्राउ गरिनु निन्दनीय कार्य हो।

मुक्त भएका ३५७२१ परिवार कमैयामध्ये अझै पनि १९४७७ परिवारले जग्गा पाउन सकेका छैनन्। जग्गा धनी पूर्जा पाएकामध्ये पनि १४४२ परिवारले पूर्जा अनुसारको जग्गा नपाएको अवस्था देखिन्छ। अर्कातिर मुक्त भएकामध्येकै २७८९ परिवारले परिचयपत्रसमेत नपाउनाले सरकारी तथा गैरसरकारी क्षेत्रबाट पाउने थोरै सुविधाबाटसमेत वञ्चित रहेको अवस्था छ।

हाल विभिन्न माग राखी धर्ना, घेराउ तथा शान्तिपूर्ण जुलुस प्रदर्शनको कार्यक्रम लिएर आएका मुक्त कमैयाको समस्यालाई सम्बोधन गर्दै उनीहरूले उठाएका तपसिलका मागहरूलाई तत्काल पूरा गर्न नेपाल सरकारसँग हामी आग्रह गर्दछौ।

तत्काल पूरा गर्नु पर्ने मागहरू :

  1. सम्पूर्ण कमैयाहरूलाई जग्गाको व्यवस्था गर्नु पर्ने
  2. मुक्त कमैयाका परिवारलाई कर्णाली अञ्चलको हकमा जस्तै एक परिवार एक रोजगारको व्यवस्था गर्नु पर्ने वा बेरोजगारी भत्ता उपलब्ध गराउनु पर्ने।
  3. छुट भएका कमैयाहरूलाई भरपर्दो संयन्त्रमार्फ् परिचयपत्र वितरण गर्नु पर्ने।
  4. उचित पुनर्स्थापनका लागि आवश्यक व्यवस्था गर्नु पर्ने।
  5. उच्चस्तरीय मुक्त कमैया समस्या समाधान आयोग गठन गर्नु पर्ने।

कुन्दन अर्याल
महासचिव