2006-06-28 - press release - CPN-M२०६३-०३-१४ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20240 अभिलेखालय सि. नं.: NCA-20240

प्रेश वक्तव्य

यही जेष्ठ २६ गते लिसंखु कालापाटी जात्रामा झडप भएपछि कब्जामा लिइएकै बेला श्री ककलिङ हरिसिद्धि माविमा अध्ययनरत विशाल लामाको मृत्यु सम्बन्धि नैतिक जिम्मेवारी लिँदै जनसमुदायको बीचमा घटनाप्रति दुख व्यक्त गर्दै बेथान स्मृति व्रिगेडका कमिसार क.विश्वले आम जनसमुदायमा आत्मालोचनासहित घटनाको छानबिनका लागि अषाढ ३ गते जनसमुदाय, मानवअधिकारवादी, पत्रकार सम्मिलित छानबिन समिति निर्माण गरियो।

सो छानबिन समिति समक्ष घटनामा संलग्न व्यक्तिलाई वयानका लागि उपस्थित गराइयो। र, वयानका आधारमा तयार प्रतिवेदनअनुसार दोषीउपर कार्वाही गर्ने प्रतिवद्धतासहित सो समितिले तयार पारेको प्रतिवेदनअनुसार १० वर्षो जनयुद्धको बीचमा निर्माण भएको नयाँ जनसत्ता क्रान्तिकारी जनपरिषद्को विधान, नीति, नियमअनुसार तत्काल जनहिरासतमा लिएर अमर, असिम, संगम, अशोक, किशोर र छेवाङलगायत आठ जनालाई श्रम कारावासमा राखी कारवाही अगाडि बढाइएको छ।

पीडित परिवारलाई रु ५० हजार रुपियाँ उपलब्ध गराउने जानकारी गराउन चाहन्छौँ। यो घटनालाई राजनीतिक रंग दिएर जनजीवन असामान्य बनाइएकोप्रति चिन्ता व्यक्त गर्दै स्थितिलाई सामान्य बनाउन आम जनसमुदाय, राजनीतिक शक्ति, मानवअधिकारवादी, पत्रकारहरुमा अपिल गर्दै आगामी दिनमा समस्या हल गर्न राजनीतिकरुपमा छलफल, अन्तरक्रिया अगाडि बढाउ आग्रह गरिन्छ।

मिति ः- १४ अषाढ २०६३

देशबन्धु
इञ्चार्ज
सिन्धुपाल्चोक, दोलखा तथा विशेष जिल्ला समिति
नेकपा (माओवादी)