2006-06-09 - press release - NHRC२०६३-०२-२६ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20226 अभिलेखालय सि. नं.: NCA-20226

मिति: 2006-06-09
सशस्त्र द्वन्द्वमा बालबालिका विषयक सुदुरपश्मिाञ्चल स्तरीय क्षेत्रीय कार्यशाला, २०६३ जेठ २७

प्रेस विज्ञप्ति/धनगढी, जेठ २७, २०६३

सशस्त्र द्वन्द्वमा बालबालिका विषयक सुदुरपश्मिाञ्चल स्तरीय क्षेत्रीय कार्यशाला मिति २०६३।२।२३ देखि २०६३।२।२५ सम्म डडेलधुरामा सम्पन्न भएको छ। राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा आयोजित उक्त कार्यशाला सशस्त्र द्वन्द्वका बखत बालबालिकाको संरक्षणका लागि व्यवस्थित राष्ट्रिय र अन्तर्रर्ााट्रय कानून तथा संयन्त्रहरुको बारेमा सरोकारवालाहरुलाई जानकारी दिई चेतना अभिवृद्धि गर्ने, सुदुर पश्चिमाञ्चलमा सशस्त्र द्वन्द्वले बालअधिकारमा पारेको असर बारे छलफल गर्ने, बालअधिकारको संरक्षणका लागि भए गरेका कार्यहरु बारे समीक्षा गर्ने र आगामी दिनहरुमा आयोग लगायत सम्बद्ध पक्षहरुले बालअधिकार संरक्षणमा निर्वाह गर्नु पर्ने भूमिकाको बारेमा छलफल गर्ने, सशस्त्र द्वन्द्वको शान्तिपर्ूण्ा समाधानको खोजि गरिंदा बालअधिकार संरक्षणको विषयलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा छलफल गर्ने र बाल अधिकार संरक्षण तथा सर्ंबर्द्धनका लागि सुदुर पश्चिमाञ्चल स्तरीय औपचारिक/अनौपचारिक संजाल निर्माण गर्न पहल गर्ने उद्धेश्यले आयोजना गरिएको थियो।

कार्यशाला ९ बुँदे सामुहिक आव्हानपत्र जारी गरी समापन भएको थियो। जसमा सशस्त्र द्वन्द्वबाट पिडित बालबालिकाहरुको यथार्थ तथ्यांक संकलन गर्न आफु मातहतका निकायलाई सरकारले परिचालन गर्नु पर्ने र पिडित बालबालिकाहरुलाई सरकारले दिनुपर्ने सेवा सुविधा निःशुल्क र विना भेदभाव उपलव्ध गराउनु पर्ने, द्वन्द्वरत दुवै पक्षले १८ वर्षमुनिका बालबालिकालाई सशस्त्र संर्घष्ामा सहभागी गराउन नहुने र सशस्त्र संर्घष्ामा सहभागी गराइएका बालबालिकाहरुलाई तुरुन्त मुक्त गरी पुनःस्थापना गर्न आवश्यक पहल गर्नु पर्ने, बालबालिकाको जीउज्यान जाने, अंगभंग हुने लगायत अन्य क्षति पु-याउन सक्ने विष्फोटक पदार्थहरु जमीनमुनि विछ्याइएको तथा बेवारीसे अवस्थामा छाडिएका भए श्रि्र हटाउन पहल गर्नु पर्ने उल्लेख गरिएको छ

त्यस्तै द्वन्द्वपिडित बालबालिकाहरुको संरक्षण र पुनःस्थापना गर्न आवश्यक पर्ने साधन श्रोत -अन्तराष्ट्रिय सहायता समेत) जुटाउन, नेपाल सरकारद्वारा हस्ताक्षर गरेको सशस्त्र संर्घष्ामा बालबालिकाको संलग्नता सम्बन्धी बालअधिकार महासंधिको इच्छाधिन आलेख, सन् २००० लाई वर्तमान संसदबाट अनुमोदनकोे प्रकृयामा लैजान, राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको मानव अधिकार संझौतामा हस्ताक्षर गरी लागु गर्न, विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरी बालबालिकाहरुलाई भयमुक्त बातावरणमा पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न सशस्त्र संर्घष्ारत दुवै पक्षले संयुक्त रुपमा लिखित प्रतिवद्धता जनाउन,, राष्ट्रिय मानव अधिकार आयोगले बालअधिकारको अनुगमन र अनुसन्धान गरी नेपाल सरकार समक्ष गरेका सिफारीसहरु र नेकपा (माओवादी) समक्ष गरेको आव्हानलाई श्रि्र कार्यान्वयन गर्न,, राष्ट्रिय मानव अधिकार आयोगलाई थप प्रभावकारी बनाउन पनि आव्हान गरिएको छ।

कार्यशालामा राष्ट्रिय मानव अधिकार आयोग, सुरक्षा निकाय लगायत अन्य सरकारी कार्यालयहरु, गैर सरकारी संस्था, नागरिक समाज, बाल क्लव तथा द्वन्द्व पिडित बालबालिका तथा परिवारको सहभागिता रहेको थियो।

कोषराज न्यौपाने

उप-निर्देशक