2006-05-25 - press release - NHRC२०६३-०२-११ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20213 अभिलेखालय सि. नं.: NCA-20213

मिति: 2006-05-25
कब्जामुक्त तथा व्यक्तिगत सम्पत्ति फुकुवा गर्न आग्रह, २०६३ जेठ १०

ललितपुर, जेठ १०, २०६३ - राष्ट्रिय मानव अधिकार आयोगमा माओवादी निकट जनतान्त्रिक तर्राई मोर्चाले सप्तरी जिल्ला फत्तेपुर गाविस-४ का शिवधन र्राईलाई यही जेष्ठ १ गतेे अपहरण गरी लगेको, लमजुङ जिल्ला पूलाचौर गाविस-८ बस्ने योगेन्द्र बहादुर बानियाँलाई गत २०६२ चैत २४ गते आफ्नै घरबाट ने.क.पा.(माओवादी)ले आफ्नो कब्जामा लिएका, त्यस्तै रामेछाप जिल्ला भीरपानी-७ की निर्मला माझीलाई २०६३ वैशाख ३० गते र सोही जिल्लाको प्रीति गाविस-६ का उपेन्द प्रसाद गुरागाईंलाई २०५९ पुस १३ गते ने.क.पां (माओवादी)ले आफ्नो कब्जामा लिई उनीहरूको स्थिती अज्ञात तुल्याएको भनी प्राप्त उजुरीहरूप्रति यस आयोगको ध्यानाकर्षा भएको छ।

त्यस्तै, आयोगमा प्राप्त एक अर्को उजुरी अनुसार ने.क.पा.(माओवादी) का कार्यकर्ताले विगत लामो समयदेखि सल्यान जिल्ला देबस्थल गाविस-५, बाघचौर का बुद्धिसिंह बिष्ट लगायत उनको परिवारलाई बिस्थापन गराएका छन्।

आयोग ने.क.पा.(माओवादी)लाई अन्तर्राट्रय मानवीय कानुन र मानव अधिकारको सम्मान गर्दै तथा वर्तमान विकसित शान्ति प्रक्रियासमेतलाई ध्यानमा राखी आफ्नो कब्जामा रहेका व्यक्तिहरूको अविलम्ब सकुशल रिहाइ गर्न र बिस्थापित परिवारलाई घर र्फकने वातावरण सृजना समेत गर्न आग्रह गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव