2006-05-16 - press release - NHRC२०६३-०२-०२ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20204 अभिलेखालय सि. नं.: NCA-20204

मिति: 2006-05-16
स्थिति र्सार्वजनिक र कब्जामुक्त गर्न आयोगको आग्रह, २०६३ ज्येष्ठ २

स्थिति र्सार्वजनिक गर्न आयोगको आव्हान

ललितपुर, ज्येष्ठ २, २०६३ - राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक सहित अधिकृत सम्मिलित एक टोलीले आज गृहमन्त्री कृष्ण प्रसाद सिटौलासँग वहाँको कार्यालयमा भेट गरी सुरक्षा निकायद्वारा गिरफ्तार गरी विभिन्न मितिमा विभिन्न स्थानहरुबाट बेपत्ता पारिएको भनिएका व्यक्तिहरुको बारेमा छलफल सम्पन्न गर्‍यो। राज्यद्वारा बेपत्ता पारिएको भनी आयोगमा परेका उजुरीहरुमध्ये हालसम्म अवस्था पत्ता लाग्न नसकेका ५७० जना व्यक्तिहरुको स्थिति यथासक्य चाडो र्सार्वजनिक गर्ने सम्बन्धमा आयोगको उक्त टोलीले छलफल सम्पन्न गरेको हो।

सोही सम्वन्धमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हालसम्म पनि स्थिति र्सार्वजनिक गर्न बाँकी रहेका व्यक्तिहरुको विवरण सहितको एक पत्र पर्ठाई उनीहरुको स्थिति अबिलम्व र्सार्वजनिक गर्न आव्हान गरेको छ।

साथै आयोगको टोलीले सरकारद्वारा पक्राउ गरिएका ५ जना पूव मन्त्रीहरु रमेशनाथ पाण्डे, कमल थापा, टंक ढकाल, श्रीष शम्शेर राणा र निक्ष शम्शेर राणालाई राखेको विभिन्न थुनुवा केन्द्रमा गई भेट गर्‍यो। उक्त टोलीले उनीहरुको मानव अधिकारको अवस्थाको बारेमा जानकारी लिएको र सोही सिलसिलामा श्री ५ को सरकारलाई थुनामा रहेका बन्दीहरुमध्ये रमेश नाथ पाण्डेको स्वास्थ्य अवस्था कमजोर रहेकाले आवश्यक व्यवस्था गर्न र कानुन बमोजिम प्रकाशित पुस्तक तथा पत्रपत्रिका एवं रेडियो टेलिभिजनको व्यवस्था गर्न सिफारिस गरेको छ।

कब्जामुक्त गर्न आग्रह

ललितपुर, ज्येष्ठ २, २०६३ - राष्ट्रिय मानव अधिकार आयोगमा ललितपुर देवीचौर - ५ का रविन्द्र खड्कालाई ने.क.पा.(माओवादी)का कार्यकर्ताले मिति २०६१ ज्येष्ठ ६ गते निजको आफ्नै घरबाट अपहरण गरी लगेको भन्ने प्राप्त उजुरीप्रति आयोगको ध्यानाकर्षा भएको छ।

आयोग ने.क.पा.(माओवादी)लाई अन्तर्रााट्रय मानवीय कानुन र मानव अधिकारको सम्मान गर्दै निज खड्कालाई अविलम्ब सकुशल रिहाइ गर्न आग्रह गर्दछ।

राधाकृष्ण उप्रेती

निमित्त सचिव