2006-05-02 - press release - NHRC२०६३-०१-१९ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20196 अभिलेखालय सि. नं.: NCA-20196

मिति: 2006-05-02
कब्जामुक्त गर्न आग्रह, २०६३ वैशाख १९

ललितपुर, वैशाख १९, २०६३ - ने.क.पा. (माओवादी)का कार्यकर्ताले राष्ट्रिय अनुसन्धान कार्यालय सिन्धुपाल्चोकमा कार्यरत सलाङ गा.वि.स.-३ धादिङ्गका ओमबहादुर थापालाई चौतारा गा.वि.स.-८ स्थित डेराबाट यही वैशाख १० गते र इश्वररपुर गा.वि.स.-४ बयलबास र्सलाहीका भोलाप्रसाद मैनालीलाई सोही जिल्लाको परवानीपुरबाट यही बैशाख १८ गते कब्जामा लिई गएको साथै निज मैनालीको स्वामित्वमा रहेको एक मोटरसाइकल र ट्रयाक्टर समेत कब्जामा लिएको भन्ने प्राप्त उजुरीहरूप्रति यस आयोगको ध्यानाकर्षा भएको छ।

आयोग ने.क.पा (माओवादी) का कार्यकर्ताहरूलाई अन्तर्राट्रय मानवीय कानुन बमोजिम व्यवहार गर्दै आफ्नो कब्जामा रहेका निज थापा र मैनालीलाई अविलम्ब विना शर्त कब्जामुक्त गर्न र निज मैनालीको स्वामीत्वमा रहेका मोटरसाइकल तथा ट्रयाक्टर समेत फिर्ता गर्न आव्हान गर्दछ।

राधाकृष्ण उप्रेती

निमित्त सचिव