2006-04-28 - press release - NHRC२०६३-०१-१५ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20194 अभिलेखालय सि. नं.: NCA-20194

मिति: 2006-04-28

युद्धविराम सकारात्मक, २०६३ बैशाख १५

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले यही बैशाख १३ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि घोषणा गरेको एकतर्फी युद्धविरामलाई राष्ट्रिय मानव अधिकार आयोगले सकारात्मक रूपमा लिएको छ।

मुलुकमा विद्यमान सशस्त्र द्वन्द्वले मानव अधिकारको निर्वाध अभ्यासमा व्यवधानहरू खडा भइरहेको अवस्थामा ने.क.पा.(माओवादी)बाट गरिएको युद्धविरामले मानव अधिकार संरक्षणमा सघाउ पुर्‍याउने र शान्ति प्रक्रिया अघि बढाउन महत्वपूण हुने आयोगको अपेक्षा छ। आयोगले यसपटक पनि युद्धविरामको अवधिमा मानव अधिकारको सक्रिय अनुगमन गर्नेछ।

सरकारको तर्फाट पनि अविलम्ब युद्धविरामको घोषणा गरी त्यसतर्फआवश्यक वातावरण बनाउनुपर्छ भन्ने आयोगको जोड छ।

ध्रुव नेपाल

निमित्त सचिव