2006-04-25 - press release - NHRC२०६३-०१-१२ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20188 अभिलेखालय सि. नं.: NCA-20188

मिति: 2006-04-25
कब्जामुक्त गर्न आग्रह, २०६३ वैशाख १२

वैशाख १२, २०६३ - राष्ट्रिय मानव अधिकार आयोगमा ने.क.पा.(माओवादी)का कार्यकर्ताहरुद्वारा सिन्धुपाल्चोक जिल्ला सेलाङ्ग गाविस - ३, ढोडेनी घर भएका प्रहरी हवल्दार ओम थापालाई गत वैशाख १० गते माओवादी र सुरक्षाकर्मीबीच भएको सिन्धुपाल्चोक आक्रमण पछि कब्जामा लिइएको र त्यस्तै सोही जिल्ला ठोकर्पा गाविस - २ निवासी ठोकर्पा गाविसका सचिव ठाकुरप्रसाद भण्डारीलाई मिति २०६२ चैत २० गतेदेखि कब्जामा लिइएको भन्ने प्राप्त उजुरीहरुप्रति आयोग ने.क.पा.(माओवादी)को ध्यानाकर्षा गर्न चाहन्छ।

ने.क.पा.(माओवादी)ले बेला-बेलामा व्यक्त गरेको मानव अधिकार तथा मानवीय कानुनप्रतिको प्रतिवद्धता अनुसार आयोग माओवादीलाई अपहरित निज ओम थापा र ठाकुरप्रसाद भण्डारीलाई मानवीय व्यवहार गर्दै उनीहरुलाई अविलम्ब निशर्त र सकुशल कब्जामुक्त गर्न आग्रह गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव