Archive ref no: NCA-20183
मिति: 2006-04-23
आयोगले श्री ५ को सरकारलाइ पत्र पर्ठाई, सफारिस, २०६३, बैशाख १०
राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीहरुले २०६२/१२/२४ गतेदेखि सात राजनीतिक दलहरुको आव्हानमा मुलकमा भएका शान्तिपूण्ा विरोध प्रदर्शनको स्थलगत रुपमा अनुगमन गरिरहेको र प्राप्त तथ्यहरुका आधारमा आयोगले आज मानव अधिकार आयोग ऐन २०५३ को दफा ९ (च) बमोजिम श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पर्ठाई तपसीलमा उल्लिखित व्यवस्था गर्नका लागि सिफारिस गरिएको छः-
सिफारिसहरुः
२. विना हातहतियार शान्तिपूण रुपमा गरिएका प्रदर्शनहरुलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीबाट सम्झाई बुझाई नगरी तथा चेतावनी नदिई अत्याधिक मात्रामा अश्रु ग्यास प्रहार, लाठी चार्ज तथा गोलीसमेत प्रहार गरिएको पाइएकोले त्यस्ता कार्यहरु तत्काल रोक्ने,
३. अत्यावश्यकीय सेवामा रहेका एम्बुलेन्स तथा स्वास्थ्यकर्मीको टोलीलाई कर्फ्र्यूका समयमा समेत निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था नहुनु आपत्तिजनक भएकाले यस किसिमको व्यवस्था मिलाउने,
४. प्रदर्शनका क्रममा ठूलो संख्यामा व्यक्तिहरु घाइते भएका र उनीहरुको तत्काल उपचार गर्नका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीलाई मानवीय उद्धार तथा उपचार गर्ने कार्यमा अवरोध भएको पाइएकाले जुनसुकै स्थानमा पनि घाइते तथा विरामीको उपचार गर्ने कार्यमा अवरोध सिर्जना नगर्ने,
५. प्रदर्शनको क्रममा घाइते भएका व्यक्तिहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने र घाइतेहरुका परिवारलाई उनीहरुको अवस्थाबारे जानकारी गराउने,
६. कर्फ्र्यू लगाएको अवस्थामा सूचना सङ्कलन गर्ने तथा मानव अधिकारसंग सम्बन्धित घटनाहरुको जानकारी लिने कार्यमा संलग्न मानव अधिकार संघ सस्थालाई कर्फ्र्यू पास उपलब्ध गराउने।
२. विरोध प्रदर्शनमा बालबालिकासमेत सहभागी भएको र यस क्रममा घाइते भएको तथा हराएको समेत पाइएकोलेे बालबालिकाहरुलाई जुलुश/विरोध प्रदर्शनमा आउन प्रोत्साहन नगर्न आबश्यक व्यवस्था मिलाउन।
नि.सचिव