2006-04-16 - press release - NHRC२०६३-०१-०३ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20169 अभिलेखालय सि. नं.: NCA-20169

मिति: 2006-04-16
कब्जामुक्त गर्न आग्रह, २०६३ वैशाख ३

ललितपुर, वैशाख ३, २०६३ - राष्ट्रिय मानव अधिकार आयोगमा ने.क.पा. (माओवादी) का कार्यकर्ताले सर्लाही जिल्लाका जिल्ला वन अधिकृत श्री प्रकाशनाथ प्याकुरेललाई यही वैशाख २ गते जिल्ला वन कार्यालय सर्लाही, लालबन्दीवाट अपहरण गरी निजको स्थिती अज्ञात तुल्याएको भन्ने प्राप्त उजुरीप्रति यस आयोगको ध्यानाकर्षा भएको छ।

आयोग ने.क.पा.(माओवादी)का कार्यकर्तालाई आफ्नो कब्जामा रहेका निज प्याकुरेललाई अन्तर्राष्ट्रिय मानवीय कानुन बमोजिम व्यवहार गर्दै वहाँको अविलम्ब शकुसल रिहाइको आव्हान गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव