2006-04-16 - press release - CPN-M२०६३-०१-०३ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20168 अभिलेखालय सि. नं.: NCA-20168

मानव अधिकार एवं मानवीय सिद्धान्त प्रतिको प्रतिवद्धता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी), मानव अधिकारको विश्वव्यापी घोषणापत्र , जेनेभा महासंधीहरु र तिनीहरुका अतिरित्त आलेखहरु समेतमा रहेका अन्तराष्ट्रिय मानवीय कानुन र अन्तराष्ट्रिय मानव अधिकार सम्वन्धि सिद्धान्त एवं मान्यताहरु प्रति मुलभुत रुपमा सम्मान र प्रतिवद्धता पुन ः जाहेर गर्दछ। आफ्नो नियन्त्रण र प्रभावमा रहेकार् इलाकाहरुमा पार्टी जनमुक्ति सेना र जनसत्ता कुनै पनि जाती, वर्ण्र्ााजात, लिंग, भाषा, धर्म, राजनीति, विचार, राष्ट्रिय, जातिय वा सामाजिक, उत्पत्ति, असक्तता, सम्पत्ति, जन्म वा हैसियत जस्ता कुराहरुमा कुनैपनि भेदभाव विना व्यक्ति का हक अधिकारको संरक्षण गर्दै, त्यसलाई लागु गर्दै, गराउदै र जनसमुदायकै विचमा त्यसलाई परिमार्जन र विकास पनि गर्दै अघि वढीरहेको छ। हाम्रो पार्टीन्तराष्ट्रिय मानवअधिकार सम्वन्धि आधारभुत सिद्धान्त र मान्यताहरु प्रति गम्भिर र सचेत हुदै कुनै पनि अन्याय, शोषण, उत्पिडन, दमन र अत्याचारका विरुद्ध व्रि्रोह गर्नु वा प्रतिरोध गर्नु मानवअधिकारकै क्षेत्र भित्रको विषय ठान्दछ। उपरोक्त सिद्धान्त र मान्यतामा आधारित हुदै जनतामा जनअधिकारको प्रत्याभुति समेत सुनिश्चित गर्न हाम्रँे पार्टीनम्न विषयहरुमा आफ्नो प्रतिवद्धता जाहेर गर्दछ।

(क) जनगणतन्त्र नेपालको र्सार्वजनिक कानुनी संग्रह २०६०, जनसत्ता निर्देशिका २०६० एवं. स्थानिय तहमा निर्मित कानुनी कार्यविधि सम्वन्धि निर्देशिकामा प्रत्याभुति गरीएअनुसार महान जनयुद्धको सापेक्षतामा लागु भैरहेका मौलिकहक, वैयक्तिक हक एवं कानुनी हकहरु ः

(ख) आधार्रर् इलाकामा लागु भैरहेका उल्लेखित कानुनिहक अधिकार प्रति पुनः प्रतिवद्धता जाहेर गर्दर्ै महान जनयुद्धको सापेक्षतामा निम्न अुसारका मानव अधिकार एवं वैयक्तक हक प्रति समेत प्रतिवद्धता जाहेर गरिन्छ।

(ग) नेपालमा संयुक्त राष्ट्रिसंघीय मानवअधिकार उच्चआयुक्तको कार्यालय स्थापनाका लागी नेकपा (माओवादी) ले व्यक्त गरेको स्वागत र संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्तको नेपाल कार्यालय तथा अन्य मानव अधिकार कर्मी एवं संस्थाहरुलाई सहयोग गर्न व्यक्त गरेकोर् इच्छा पुनः उद्घोष गर्दछ र निम्न कुराहरु गर्ने प्रतिज्ञा समेत गर्दछ।

(घ) नेकपा (माओवादीं)ले आफु संग उपलव्ध रहेका सवै माध्यमहरुको प्रयोग गरि यस घोषणलाई पार्टीसेना, जनसत्ता एवं आम जनसमुदायमा र्सार्वजनिक गर्नेछ।

३ वैशाख ०६३

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)