2006-04-10 - press release - NHRC२०६२-१२-२८ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20161 अभिलेखालय सि. नं.: NCA-20161

मिति: 2006-04-10
आयोगले आज श्री ५ को सरकारलाई सिफारिसहरू पठायो, २०६२ चैत्र २८

आयोगले आज श्री ५ को सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई एक पत्र पर्ठाई राजनीतिक प्रदर्शनका क्रममा पक्राउ परी थुनामा राखिएका व्यक्तिहरूका सम्बन्धमा तथा प्रदर्शनका क्रममा सुरक्षाकर्मीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको विषयमा ध्यानाकर्षा गराएको छ। उक्त पत्र मार्फत आयोगले गरेका सिफारिसहरू देहाय बमोजिम रहेका छन्

थुनामा राखिएका व्यक्तिहरूका सम्बन्धमा

प्रदर्शनका क्रममा पक्राउ परेका ब्यक्तिहरूलाई नेपालको प्रचलित कानुनअनुसार प्राप्त गर्नुपर्ने सुविधाहरूकोे व्यवस्था गर्न,

क) थुनामा रहेका विरामी तथा घाइतेहरूको तत्काल प्रभावकारी उपचारको व्यवस्था गर्न;

ख) कतिपय स्थानमा बालबालिका समेत थुनामा रहेको पाइएकोले बालबालिकाहरूलाई तत्कालै रिहा गर्न;

ग) थुनामा राखिएका ब्यक्तिहरूलाई प्रभावकारी रूपमा स्वस्थ पानी, खाना तथा बस्ने सुत्ने ठाउँको उचित प्रबन्ध मिलाउन;

घ) थुनामा राखिएका मध्ये कतिपय विद्यार्थीहरू रहेका तथा सो मध्ये कतिपयको परीक्षासमेत चलिरहेकोले निजहरूको परीक्षा दिन पाउने ब्यवस्था सुनिश्चित गर्न;

ङ) थुनामा रहेका कतिपय व्यक्तिका परिवारलाई आफ्ना परिवारका सदस्यको वारेमा कुनै सूचना समेत नभएको हुँदा सो विषयमा परिवारलाई अविलम्ब जानकारी गराउन तथा थुनामा रहेकाहरूलाई निजका परिवारजनहरूसंग भेट्ने व्यवस्था सुनिश्चित गर्न;

सुरक्षाकर्मीद्वारा प्रदर्शनमा अत्याधिक बल प्रयोग गरेको सम्बन्धमा

क) श्री ५ को सरकारले कर्फ्र्यू लगाएको स्थानभन्दा बाहिर गरिएका प्रदर्शनमा समेत सुरक्षाकर्मीले गोली प्रहार गरी घाइते तुल्याएको, ब्यक्तिलाई नियन्त्रणमा लिइसकेपछि पनि आबश्यकताभन्दा बढी बल प्रयोग गरेको, बालबालिका र र्सवसाधारणलाई समेत लाठी प्रहार गरेको पाइएकोले सो कार्य तत्काल बन्द गर्न तथा अत्याधिक बल प्रयोग गर्ने सुरक्षाकर्मीलाई आबश्यक कानुनी कारवाही गर्न;

ख) राजनीतिक दलहरूद्वारा गरिएका विरोध प्रदर्शनमा सुरक्षाकर्मीबाट अत्याधिक बल प्रयोग हुनुका साथै जुलुस र विरोध प्रदर्शनमा संलग्न नभएका र्सवसाधारण बटुवाहरूलाईसमेत नियन्त्रणमा लिई कुटपीट गरिएको पाइएकोले यसरी शान्तिपूर्ण ढङ्गले हुने जुलुश प्रदर्शनमा सहभागी हुनेहरू उपर बलको प्रयोग नगर्न अविलम्ब निर्देशन हुन तथा सुरक्षाकर्मीद्वारा घाइते बनाइएका व्यक्तिहरूको निशुल्क औषधोपचारको तत्काल व्यवस्था गर्न आयोगले श्री ५ को सरकारलाई सिफारिस गरेको छ।

साथै आयोग शान्तिपूर्ण रूपमा गरिने विरोध प्रदर्शनमा र्सार्वजनिक सम्पत्ति तोडफोड नगर्न र सर्वसाधारणलाई कुनै किसिमको हानी नोक्सानी नपुर्‍याउन समेत राजनीतिक दलहरूलाई विशेष आग्रह गर्दछ।

राधाकृष्ण उप्रेती

नि. सचिव