2006-04-05 - press release - NHRC२०६२-१२-२३ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20155 अभिलेखालय सि. नं.: NCA-20155

मिति: 2006-04-05
जनकपुरमा गोलि चलेको घटना सम्बन्धमा, २०६२ चैत २३

राष्ट्रिय मानव अधिकार आयोगले २०६२ चैत ११ गते साँझ जनकपुर नगरपालिकाको जनकचोकमा गोली चलेको घटनाका सम्बन्धमा श्री ५ को सरकारलाई आज सिफारिस पठाएको छ। सो घटनाका सम्बन्धमा आयोगका अधिकृतहरू सम्मिलित टोलीले फेला पारेको तथ्यहरू समटेर आयोगले श्री ५ को सरकारलाई सिफारिस पठाएको हो। आयोगको यही चैत २० गतेको निर्ण्र्ाानुसार निम्नानुसारको सिफारिस पठाइएको छ।

प्राप्त तथ्यहरू

-क) सो घटनामा गोली लागेका राष्ट्रिय मानव अधिकार आयोगको सम्पर्क कार्यालय, जनकपुरमा कार्यरत मानव अधिकार सहायक दयाराम परियारको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ४ दिनपछि चैत १५ गते बिहान २.१५ बजे मृत्यु भयो। सोही घटनामा गोली लागका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यकर्ता रामचन्द्र यादवको तत्काल मृत्यु भएको थियो।

-ख) सो घटनामा गोली जनकपुरकै मुजेलियाबाट जिल्ला प्रहरी कार्यालयतर्फ आउँदै गरेको प्रहरीको डफ्फामा रहेका ४ जना प्रहरीले चलाएको अनुसन्धानले देखाएको छ। प्रहरीले गोली प्रतिरक्षाको लागि नभई अन्धाधुन्ध रुपमा आफूखुशी चलाएको देखिन्छ।

-ग) विना कारण चलाएको गोलीबाट हताहत हुँदासम्म उक्त टोलीका प्रमुख प्रहरी निरीक्षक प्रकाशराज शर्मा र उनको टोलीले के-कति क्षति भयो भन्ने कुराको जानकारी लिने र तत्काल उद्धार पुर्‍याउनेतर्फप्रयास गरेको देखिएन।

श्री ५ को सरकारलाई पठाइएका सिफारिसहरू

· गोली चलाउनुपर्ने अपरिहार्य अवस्था नदेखिएका अवस्थामा ज्यान जाने गरी गोली चलाउनु साथै मृतक र घाइतेको स्थिति जान्ने, उद्धार गर्ने प्रयास तुरुन्तै नगर्नु भनेको लापरवाही, मानव अधिकार एवम् मानवीय कानुनको घोर उल्लंघन हो। तर्सथ, राष्ट्रिय मानव अधिकार आयोग -उजुरी, कारवाही तथा क्षतिपर्ूर्ति निर्धारण) नियमावली, २०५७ को नियम १७ मा उल्लेखित आधारहरुलाई ध्यानमा लिई मृतक रामचन्द्र यादव तथा दयाराम परियारको परिवारलाई जनही रु. २,५०,००० -दर्ुइ लाख पचास हजार) का दरले क्षतिपूर्ति उपलब्ध गराउने।

· आयोगको अनुसन्धानबाट अकारण चार जना प्रहरीहरुबाट गोली चलाएको र त्यसैको कारण दर्ुइ जनाको मृत्यु भएको देखिएको हुँदा यसरी गोली चलाई ज्यान लिने प्रहरी कर्मचारीलाई फौज्दारी अभियोगमा कारवाही चलाउन र यो घटनाका सम्बन्धमा भएको प्रगति यस आयोगलाई उपलब्ध गराउने।

· यस किसिमको घटना दोहोरिन नदिन प्रहरीले चाहिने र्सतर्कता अपनाउनको लागि आवश्यक व्यवस्था मिलाउने।

ध्रुव नेपाल

निमित्त सचिव