2006-04-03 - press release - INSEC२०६२-१२-२१ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-20151 अभिलेखालय सि. नं.: NCA-20151

प्रेस विज्ञप्ति

०६२ चैत २१ गते

प्रेस विज्ञप्ति

लोकतन्त्र, शान्ति र अग्रगमनका निमित्त सात दल र नेकपा (माओवादी) बीच कायम भएको दोस्रो समझदारीअनुरुप माओवादीका अध्यक्षले आज एक वक्तव्य प्रकाशन गरी काठमाण्डौ उपत्यकाभित्र सबै प्रकारका फौजी कारवाही स्थगित गरेकोमा हामीले सकारात्मक रुपमा लिएका छौं।

सात राजनीतिक दल र नागरिक समाजको शान्तिपूर्ण आन्दोलनलाई माओवादीको उपरोक्त निर्णयले सहज बनाउन मद्दत पुग्ने कुरामा हामी आशावादी छौं।

तसर्थ, हामी माओवादीपक्षलाई उपत्यकामात्रै होइन अधिराज्य भर युद्ध विराम गर्न आग्रह गर्दछौं। यसले गर्दा जनता आफ्नो अधिकारको लागि क्रियाशील हुन सहज वातावरणको प्रत्याभूति हुनेछ।

सुबोधराज प्याकुरेल
अध्यक्ष