2006-03-31 - press release - NHRC२०६२-१२-१८ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20145 अभिलेखालय सि. नं.: NCA-20145

मिति: 2006-03-31
शोक सभाको आयोजना, २०६२ चैत्र १८

ललितपुर चैत्र १८ गते, राष्ट्रिय मानव अधिकार आयोगको जनकपुर सम्पर्क कार्यालयका मानव अधिकार सहायक दयाराम परियारको मिति २०६२ चैत्र ११ गते बेलुका ६.३० बजे जनकपुरमा प्रहरीद्वारा चलाइएको गोलीबाट गम्भीर घाइते भई शिक्षण अस्पताल महाराजगञ्जमा उपचार हुँदाहुँदै मिति २०६२ चैत्र १५ गते असामयिक निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै आज आयोगको सभाकक्षमा एक श्रद्धाञ्जली सभाको आयोजना गरियो। कार्यक्रममा मृतआत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्ने प्रस्ताव पारित गरियो। कार्यक्रममा आयोगका अध्यक्ष नयनबहादुर खत्री, सदस्यहरु तथा आयोगका कर्मचारीहरुको उपस्थिति थियो।
ध्रुव नेपाल
नि. सचिव