2006-03-31 - press release - NHRC२०६२-१२-१८ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20144 अभिलेखालय सि. नं.: NCA-20144

मिति: 2006-03-31
अनुसन्धान टोली सिन्धुपाल्चोक र कब्जामुक्त गर्न आव्हान, २०६२ चैत १८

आयोगको अनुसन्धान टोली सिन्धुपाल्चोक घटनाको अनुसन्धान गर्न प्रस्थान

राष्ट्रिय मानव अधिकार आयोगका अधिकृतहरू सम्मिलित एक टोली यही चैत १४ गते सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाउँ विकास समितिमा सुरक्षाकर्मीद्वारा हवाइ फायरमा परी र्सवसाधारणको मृत्यु भएको भनिएको घटनाको अनुगमन तथा अनुसन्धानका लागि आज त्यसतर्फप्रस्थान गर्‍यो। आयोग टोली जिल्ला सदरमुकाम चौतारामा आवश्यक जानकारी लिई घटनास्थल प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

कब्जामुक्त गर्न आव्हान

ने.क.पा. (माओवादी) का कार्यकर्ताहरुले पशुपतिनगर हेटौंडा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार खिउँजु, प्रहरी हवल्दार मेघनाथ घिमिरे र हेटौंडा-९ का श्यामकृष्ण खतिवडा लगायत सोही ठाउँ बस्ने केदार पुडासैनीलार्इृ यही चैत १६ गते पर्सर्ााजल्लाको विरुवापुरवाट कब्जामा लिएको भन्ने प्राप्त उजुरीप्रति यस आयोगको ध्यानाकर्षा भएको छ।

आयोग ने.क.पा. (माओवादी) का कार्यकर्ताहरूलाई अन्तर्रर्ााट्रय मानवीय कानुनलाई पालना गर्दै आफ्नो कब्जामा लिइएका सवै व्यक्तिहरुको विनाशर्त अविलम्ब रिहाइको लागि आव्हान गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव