2006-03-22 - press release - INSEC२०६२-१२-०९ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-20141 अभिलेखालय सि. नं.: NCA-20141

प्रेस विज्ञप्ति

०६२ चैत ९ गते

प्रेस विज्ञप्ति

०६२ माघ ६ गतेदेखि गृह नजरबन्दमा राखिनु भएका नेकपा (एमाले) का महासचिव माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा ०६२ चैत ९ गते दिउँसो साँढे ३ बजे १० जना शसस्त्र प्रहरी जर्बजस्ती प्रवेश गरी कम्प्यूटर, टेलिफोन र कर्डलेस सेटसहितका सञ्चार उपकरण जफत गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

यस घटनाले शाही सरकारको गैरजिम्मेवार प्रवृतिलाई मात्र उजागर गरेको छैन अपितु चरम निरंकुश चरित्रलाई अझ छर्लङ्ग तुल्याएको छ। मुलुकको जिम्मेवार राजनीतिक दल नेकपा (एमाले)का महासचिव तथा पूर्वउप्रधानमन्त्री माधवकुमार नेपालप्रति सरकारले गरेको यसप्रकारको पूर्वाग्रहपूर्ण र गैरकानुनी ज्यादतीको हामी कडा शब्दमा निन्दा तथा भर्त्सना गर्दछौं। लामो समयदेखि गृह नजरबन्दमा राखी महासचिव नेपालको सामान जफत गर्नुले सरकारले नागरिक स्वतन्त्रता ठाडो उल्लंघन गरेको छ।

तसर्थ हामी शाही सरकारसँग मुलुकका राजनेताप्रति गरिएको यस प्रकारको दुर्व्यवहारप्रति क्षमायाचना गरी मानवअधिकारप्रति सम्मान दर्शाउँदै उहाँलाई गृह नजरबन्दबाट मुक्त गर्न अपिल गर्दछौं। साथै महासचिव नेपालको रिहाईको पहल गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मानवअधिकार समुदायसमक्ष पुनः अपिल गर्दछौं।

कुन्दन अर्याल
महासचिव