2006-03-20 - press release - NHRC२०६२-१२-०७ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20135 अभिलेखालय सि. नं.: NCA-20135

मिति: 2006-03-20
कब्जामुक्त गर्न आव्हान, २०६२ चैत ७

ने.क.पा. (माओवादी) का कार्यकर्ताले रौतहटका मोहनसिंह भण्डारीलाई यही चैत ४ गते सोही जिल्लाको विजरामपुरवाट, रानीगाउँ पाँचथरका पदमकुमार खड्कालाई यही चैत २ गते आफ्नै घरबाट र सर्लाहीका जयबहादुर तमाङ्गलाई सोही जिल्लाको सीमा प्रहरी चौकी संग्रामपुरवाट २०६२ फागुन २९ गते कब्जामा लिएको भन्ने प्राप्त उजुरीहरूप्रति यस आयोगको ध्यानाकर्षण भएको छ।

आयोग ने.क.पा.(माओवादी) का कार्यकर्तालाई नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउँने अधिकारको सम्मान गर्न तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना गर्न आग्रह गर्दै कब्जामा लिइएका सम्पूर्ण व्यक्तिहरुलाई विना शर्त तत्काल कब्जामुक्त गर्न आव्हान गर्दछ।

यसैगरी, रामेछाप जिल्ला गेलु गा.वि.स. १ का शंकर बुढाथोकीलाई सोही जिल्लाको भालुबतासेबाट अज्ञात समुहले २०६२ साउन २१ गते अपहरण गरी हालसम्म वेपत्ता पारेको भन्ने प्राप्त अर्को उजुरीप्रति पनि आयोगको ध्यानाकर्षण भएको छ। आयोग अपहरित बुढाथोकीको सकुशल यथाशीघ्र रिहाईका लागि आव्हान गर्दछ।

ध्रुव नेपाल
निमित्त सचिव