2006-03-19 - press release - NHRC२०६२-१२-०६ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20133 अभिलेखालय सि. नं.: NCA-20133

मिति: 2006-03-19
राष्ट्रिय मानव अधिकार आयोगको आपत्ति, २०६२ चैत्र ६

ललितपुर, चैत्र ६, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई एक पत्र पठाई हालसालै श्री ५ को सरकारले जारी गरेको आत्मसमर्पण तथा पुनर्स्थापन सम्वन्धी नीति २०६२ को बुँदा नं. ७ को 'कार्यक्रम' शीर्षकको 'ग' ३ अन्तर्गत आत्मसमर्पण गर्ने स्थानहरुको सूचीमा राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरू भनी उल्लेख भएकोमा गम्भीर आपत्ति जनाएको छ।

उक्त पत्रमा आयोगले भनेको छ - 'मानव अधिकार आयोग ऐन २०५३' ले निर्धारण गरेको कार्य क्षेत्रमा आयोगले यस किसिमको कार्य गर्ने वा गर्न सक्ने भनी उल्लेख नभएको तथा आयोगसँग परामर्श नगरी कार्य क्षेत्रको सम्वन्धमा भ्रम पैदा हुन सक्ने हुँदा आयोगको नाम श्री ५ को सरकारको उक्त नीतिमा उल्लेख भएकोमा आयोग गम्भीर आपत्ति जनाउँछ।
ध्रुव नेपाल
निमित्त सचिव