Archive ref no: NCA-20120
मिति: 2006-03-06
कब्जामुक्त गर्न आग्रह, २०६२ फागुन २२
ललितपुर, फागुन २२, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगमा सुरक्षा निकायमा कार्यरत तीनजना व्यक्तिहरूको अपहरण गरिएको भनी प्राप्त भएका उजुरीहरूमा ललितपुर जिल्ला घुसेल गाविस वडा नं. ५ बस्ने किरण बुढाथोकीलाई ललितपुर जिल्लाको गोटीखेल क्षेत्रवाट, त्यस्तै धनकुटा जिल्ला चुङ्गमाङ्ग गाविस वडा नं. ४ घर भएकी कुथुमी र्राईलाई तेह्रथुम जिल्लाको लसुनर्ेर् इलाकाबाट मिति २०६२ साल फागुन १५ गते अपहरण गरिएको, ओखलढुङ्गा जिल्ला माख्मा गाविस ३ घर भई नेपाल प्रहरीमा कार्यरत पवन कुमार कार्कीलाई यही फागुन महिनाको १९ गते काठमाडौ आउने सिलसिलमा साँगा चोकवाट र मोरङ्ग जिल्लार् इटहरा गाविस वडा नं. ६ घर भई सरकारी सेवामा कार्यरत कर्मचारी हेमसागर न्यौपानेलाई मिति २०६२ साल फागुन १९ गते बेलुकी करिब ५.०० बजे मोरङ्ग जिल्लाको जाँते गाविसबाट ने. क. पा. (माओवादी) का कार्यकर्ताले कब्जामा लिई निजहरूको स्थिति हालसम्म पनि अज्ञात तुल्याएको भन्ने उजुृरीहरूका सम्वन्धमा आयोगको ध्यानाकर्षा भएको छ।
आयोग ने. क. पा.(माओवादी) आफ्नो कब्जामा लिइएका भनिएका उल्लेखित व्यक्तिहरूलाई अन्तर्राट्रय मानवीय कानुन तथा मानव अधिकारको सम्मान गर्दै विना शर्त अविलम्ब कब्जामुक्त गर्न आव्हान गर्दछ।
ध्रुव नेपाल
निमित्त सचिव