2006-03-06 - press release - NHRC२०६२-११-२२ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20119 अभिलेखालय सि. नं.: NCA-20119

मिति: 2006-03-06
प्रहरीले धर्नामा बस्ने व्यक्तिहरुलाई हटाएकोमा आयोग दुःखीत, २०६२ फागुन २२

काठमाडौँ, फागुन २२। राष्ट्रिय मानव अधिकार आयोगको परिसरबाट गत फागुन २१ गते प्रहरीले धर्ना बस्ने व्यक्तिहरुलाई हटाएको बारे पत्रपत्रिकामा प्रकाशित टिप्पणीहरुमा आयोगको ध्यान आकृष्ट भएको छ।

राज्यद्वारा बेपत्ता पारिएका भनिएका व्यक्तिहरुका केही आफन्तजनले आयोगको प्रवेशद्वारमा अनिश्चितकालसम्म धर्ना दिइरहेकाले आयोगको नियमित काममा बाधा परेको र सुरक्षामा समेत आँच आएको व्यहोरा आयोगले फागुन २१ गतेको प्रेस सम्मेलनमार्फ सम्बन्धित सबैलाई अवगत गराइएकै हो।

मानव अधिकार संरक्षण बारे आयोगमा सर्म्पर्क राखी सेवा लिने नियमित प्रक्रिया नै हो। आयोगले यसबारे गरेका कार्यहरुको जानकारी सयमसमयमा सञ्चार जगतमार्फ र्सार्वजनिक गर्दै आएको छ। वार्ता र संवादबाट सबै समस्याहरुको समाधान हुन सक्ने कुरामा हाम्रो विश्वास रहेको दोहोर्‍याउन चाहन्छौँ। यसै सम्बन्धमा धर्नाकारीले राखेको माग पूरा गराउन धर्नाकारीको तर्फाट समेत प्रतिनिधित्व रहने गरी कार्यदल गठन गर्ने कुरामा सहमति समेत भएको जानकारी गराइन्छ। साथै बेपत्ता पारिएका भनिएका व्यक्तिहरुको खोजी कार्यमा आयोग निरन्तर क्रियाशील छ।

आयोग परिसरबाट गत फागुन २१ गते राती प्रहरीले धर्नामा बस्ने व्यक्तिहरुलाई हटाएकोमा आयोगलाई दुःख लागको छ।

यसै सर्न्दर्भमा केही समययता विभिन्न पत्रपत्रिकामा प्रकाशित कतिपय टिप्पणीहरु सबै सत्य नभएको समेत आयोग जानकारी गराउँदछ।

ध्रुव नेपाल
निमित्त सचिव