2006-03-05 - press release - NHRC२०६२-११-२१ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20118 अभिलेखालय सि. नं.: NCA-20118

मिति: 2006-03-05
कब्जामुक्त गर्न आग्रह, २०६२ फागुन २१

मानव अधिकारका प्रचलित सिद्धान्त र अन्तर्राष्ट्रिय मानवीय कानुन विपरित ने.क.पा (माओवादी) का कार्यकर्ताले नुवाकोट जिल्लाको भाल्छे गाविस वडा नं. ४ स्थायी घर भएका लोकबहादुर बि.क.लाई २०६२ साल माघ १६ गते रसुवा जिल्लाको पैरीवेशीबाट कब्जामा लिई गएका र हालसम्मको अवस्था अज्ञात रहेकोले निजको जीवनरक्षा गरी सकुशल रिहाईको लागि आवश्यक पहल गरी पाऊ" भनी राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी प्राप्त भएको छ।

अतः आयोग ने.क.पा (माओवादी) लाई पटक पटक र्सार्वजनिक रूपमा मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनप्रति जारी गरेको प्रतिबद्धता तथा आफूले गरेको युद्धविराम समेतलाई ध्यानमा राखी मानव अधिकार तथा मानवीय कानूनको पूर्ण पालना गर्दै कब्जामा लिईएका निज लोकबहादुर बि.क. लाई विना शर्त तत्काल कब्जामुक्त गर्न आव्हान गर्दछ।

ध्रुव नेपाल

नि.सचिव