2006-03-04 - press release - NHRC२०६२-११-२० - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20117 अभिलेखालय सि. नं.: NCA-20117

मिति: 2006-03-04
आयोगको जुम्ला सर्म्पर्क कार्यालय स्थापना, २०६२ फागुन २०

ललितपुर, फागुन २० - राष्ट्रिय मानव अधिकार आयोगको जुम्ला स्थित सर्म्पर्क कार्यालयको उद्घाटन हिजो सम्पन्न भयो। सो कार्यालयको जुम्लामा आयोजित एक समारोहबीच आयोगका सदस्य सुदीप पाठकले कार्यालको उद्घाटन गर्नुभयो।

सो अवसरमा विभिन्न क्षेत्र र पेशासँग सम्वन्धित व्यक्तिहरूले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।

शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा जुम्ला जिल्लाका कामु प्रमुख जिल्ला अधिकारी कुञ्ज वहादुर एम. सी., पुनरावेदन अदालतका मुख्य न्यायधीस तर्कराज भट्ट, उद्योग बाणिज्य महासंघका सदस्य गोविन्द शाही, नेपाल रेडक्रस सोसाइटीका सभापति सूर्यानन्द हमाल, नेपाल पत्रकार महासंघका सभापति नरेन्द्रनाथ योगी, जि. वि. स. सभापति धन वहादुर थापा र एमालेका बैकल्पिक केन्द्रीय सदस्य डिल्ली बहादुर महत हनुहुन्थ्यो।

कार्यक्रमका प्रमुख अतिथी आयोगका माननीय सदस्य सुदीप पाठक हुनुहुन्थ्यो भने विशेष अतिथीको आसन ग्रहण न्यायधीस भट्टले गर्नुभएको थियो।

आयोगले आफ्नो पहुँच विस्तारका सिलसिलामा जुम्ला क्षेत्रका लागि जुम्लामा सर्म्पक कार्यालय स्थापना गरेको हो। यस अघि आयोगले यही फागुन १७ गते सुदूर पश्चिम क्षेत्रका लागि आफ्नो क्षेत्रीय कर्यालय धनगढीमा स्थापना गरिसकेको छ र आयोगको रोल्पा सर्म्पर्क कार्यालयको उद्घाटन पनि भोली आयोगकै सदस्य सुदीप पाठकवाट हुने कार्यक्रम रहेको छ।

अच्युत आचार्य

संरक्षण अधिकृत