2006-03-01 - press release - NHRC२०६२-११-१७ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20111 अभिलेखालय सि. नं.: NCA-20111

मिति: 2006-03-01
कब्जामुक्त गर्न आग्रह, २०६२ फागुन १७

ललितपुर, फागुन १७, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगमा बैतडी जिल्ला दशरथ चन्द गा. वि. स. वडा नं. - ५ घर भई कैलाली भन्सार कार्यालय, धनगडीमा कार्यरत महादेव भट्ट र सोही कार्यालयका अन्य दुइ जना कर्मचारीहरू बम बहादुर खवास र लक्ष्मण गौतमलाई यही फागुन १५ गते राती कार्यालय निवास हाताबाट ने. क. पा. (माओवादी) का कार्यकर्ताले कब्जामा लिई गएका र उनीहरूको स्थिति हालसम्म पनि अज्ञात रहेको भन्ने प्राप्त उजुरीका सम्वन्धमा आयोगको ध्यानाकर्षा भएको छ।

आयोगमा हिजो प्राप्त उक्त उजुरी अनुसार अपहरित भट्टको स्वास्थ्य स्थिति कमजोर रहेकोहुदा वहाँको उचित प्रवन्ध मिलाउन र तीनै जना कर्मचारीहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुन तथा मानव अधिकारको सम्मान गर्दै विना शर्त अविलम्ब कब्जामुक्त गर्न आयोग ने. क. पा.(माओवादी) आग्रह गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव