2006-02-27 - press release - NHRC२०६२-११-१५ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20106 अभिलेखालय सि. नं.: NCA-20106

मिति: 2006-02-27
कब्जामुक्त गर्न आग्रह, २०६२ फागुन १५

ललितपुर, फागुन १५, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगमा काभ्रेपलान्चोक जिल्ला फलाँटे गा. वि. स. वडा नं.- ८ आदबाट स्थित माइत घरमा बस्दै आएकी सरिता कुमारी उप्रेती (तामाङ्ग) लाई यही फागुन ६ गते राती ८ वजे खाना खाइरहेको समयमा ने. क. पा. (माओवादी) का कार्यकर्ताले कब्जामा लिई गएको र निजको स्थिति हालसम्म पनि अज्ञात रहेको भन्ने आज प्राप्त उजुरीका सम्वन्धमा आयोगको ध्यानाकर्षा भएको छ।

आयोग ने. क. पा.(माओवादी) लाई आफ्नो कब्जामा रहेकी निज सरितालाई अन्तर्राष्ट्रिय मानवीय कानुन तथा मानव अधिकारको सम्मान गर्दै विना शर्त अविलम्ब कब्जामुक्त गर्न आग्रह गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव