2006-02-23 - press release - NHRC२०६२-११-११ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20103 अभिलेखालय सि. नं.: NCA-20103

मिति: 2006-02-23
कब्जामुक्त गर्न आग्रह, २०६२ फागुन ११

राष्ट्रिय मानव अधिकार आयोगमा धादिङ्ग जिल्ला खाल्डे गाउँ विकास समिति वडा नं. ४ डाँडा गाउँ निवासी रामहरि नेपाललाई यही फागुन ९ गते आफनै घरमा बसिरहेको बेला ने.क.पा (माओवादी) का कार्यकर्ताहरूले कब्जामा लिई गएको भनी आज प्राप्त उजुरीका सम्ब्बन्धमा यस आयोगको ध्यानाकर्षा भएको छ।

आयोग ने. क. पा. (माओवादी) लाई आफ्नो कब्जामा रहेका निज नेपाललाई अन्तर्राष्ट्रिय मानव अधिकार तथा मानवीय कानूनको सम्मान गर्दै कब्जाबाट विना शर्त अविलम्ब मुक्त गर्न आव्हान गर्दछ।

राधाकृष्ण उप्रेती

उपसचिव