2006-02-21 - press release - NHRC२०६२-११-०९ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20100 अभिलेखालय सि. नं.: NCA-20100

मिति: 2006-02-21
आयोगमा जीवन रक्षा तथा खोजतलासको उजुरीहरू प्रति आयोगको ध्यानाकर्षा, २०६२ फागुन ११

ललितपुर, फागुन ९, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगमा जीवन रक्षा तथा खोजतलास गरिपाउँ भन्ने अपहरणका प्राप्त उजुरीहरु प्रति आयोगको ध्यानाकार्षण भएको छ।

आयोगमा प्राप्त उजुरीअनुसार ने. क. पा. (माओवादी) ले बझाङ कोइरालाकोट गा.वि.स. का पूर्व अध्यक्ष गोपीचन्द्र उपाध्यायलाई नजिकैको गाउँ घोडादाउनाबाट मिति २०६२।११।०३ मा अपहरण गरी लगेको, त्यस्तै मिति २०६२।११।०६ मा मोरङ शनिश्चरे गा.वि.स. वाड नं.- ७, किर्तिपुरका नरेन्द्रनाथ ओझालाई माओवादीले लगी वहाँको स्थिति अज्ञात रहेको, साथै स्कुल विदा भएर घर र्फकन लाग्दा धनुषा अन्दुपटि्ट, कटरैत-७ का विन्देश्वर यादवलाई मिति २०६२।११।०५ मा माओवादीले अपहरण गरेको भन्ने उजुरीहरु प्राप्त भएका छन्।

आयोग ने. क. पा. (माओवादी) लाई आफ्नो कब्जामा रहेका यी अपहरित नागरिकलाई अन्तराष्ट्रिय मानवीय कानून बमोजिम व्यवहार गर्न र सकुशल विना शर्त तत्काल रिहा गर्न आव्हान गर्दछ।

दु्र्गा खड्का

संरक्षण अधिकृत