2006-02-18 - press release - NHRC२०६२-११-०६ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20098 अभिलेखालय सि. नं.: NCA-20098

Archive ref no: NCA-sample अभिलेखालय सि. नं.: NCA-sample


मिति: 2006-02-18
सहप्रशासक सापकोटाको मृत्युसम्बन्धमा अनुसन्धान शुरू र कब्जामुक्त गर्न आग्रह, २०६२ फागुन ६

सहप्रशासक सापकोटाको मृत्युसम्बन्धमा अनुसन्धान शुरू

ने.क.पा (माओवादी) को कब्जामा रहेका पूवाञ्चल क्षेत्रीय प्रशासक प्रेमप्रसाद सापकोटाको धनकुटाको गुरूलेमा गत शुक्रवार मृत्यु भएको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरू गरेको छ। सो घटनाको अनुसन्धानका सिलसिलामा आयोगको क्षेत्रीय कार्यालय विराटनगरका अधिकृतहरू सम्मिलित एक टोली आज घटनास्थल पुगेको छ। आयोग टोलीले मृतक सापकोटाको लाश परिवारसम्म ल्याइपुर्‍याउन समेत सघाउ पुर्‍याउनेछ।

युद्धमा संलग्न नरहेका र विरामी समेत रहेका भनिएका सापकोटाको माओवादी कब्जामा रहदा भएको मृत्युलर्ँइ आयोगले अन्तर्रर्ााट्रय मानवीय कानूनको उल्लंघनको घटनाको रूपमा लिएको छ। आयोग सो घटनाका सम्बन्धमा आफनो आधिकारिक धारणा आयोगमा पर्ठाई घटनाको निष्पक्ष अनुसन्धानमा सहयोग पुर्‍याउन ने.क.पा - माओवादी ) लाई आग्रह गर्दछ।

कब्जामुक्त गर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगमा भक्तपुर जिल्ला नगरकोट गाउँ विकास समिति ९ की पञ्चमाया तामाङ्ग भन्ने लक्ष्मीमाया तामाङ्गलाई काभ्रेपलाञ्चोकको पनौतीस्थित माइती जादाँका बखत काभ्रेको कलाती भन्ने स्थानबाट ने.क.पा (माओवादी)ले यही फागुन २ गते कब्जामा लिएको भन्ने आज प्राप्त उजुरीका सम्बन्धमा आयोगको ध्यानाकर्षा भएको छ।

आयोग ने. क. पा. (माओवादी) लाई आफ्नो कब्जामा रहेकी लक्ष्मीमाया तामाङ्गलाई अन्तर्रर्ााट्रय मानव अधिकार तथा मानवीय कानूनको सम्मान गर्दै कब्जाबाट विना शर्त अविलम्ब मुक्त गर्न आव्हान गर्दछ।

.

विमलबाबु खत्री

सञ्चार अधिकृत